
Author: एनआरएन
काठमाडौं। ५ पटकको पूर्व विजेता ब्राजिललाई २-१ गोलले हराएर नर्वे जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। सोमबार बिहान भएको खेलमा नर्वेका दुवै गोल एर्लिङ हालान्डले गरे। अन्तिम समयमा नेमारले पेनाल्टीमार्फत एक गोल गरेपनि ब्राजिल खेलमा फर्कन सकेन। २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेका लागि क्वाटरफाइनल यात्रा विश्वकपमा ऐतिहासिक सफलता हो। यसअघि अन्तिम १६ सम्म पुगेको थियो। नर्वेले अब सेमिफाइनल पुग्न इङ्ल्यान्डसँग खेल्ने छ। इङ्ल्यान्डले सोमबार बिहान भएको खेलमा मेक्सिकोलाई ३-२ गोलले हरायो। इङ्ल्यान्ड यो खेलमा ५४ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। तर मेक्सिकोसँग उसले सम्हालिएर खेल्यो। जुड बेलिङ्घमले २ र हेरि केनले १ गोल गरे। बेलिङघमले २ मिनेटको अन्तरमा…
काठमाडौं : पूर्व विजेता फ्रान्ससँगै मोरक्को जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेका छन्। आइतबार बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई १-०गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे। उनले ७० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। अर्को खेलमा मोरक्कोले क्यानडालाई ३-० गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो। मोरक्कोको जितमा अज्जेदिन उनाहीले २ र सोफियान रहिमीले एक गोल गरे। मोरक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने छ।
काठमाडौं। बालेन सरकारले आफ्नो एक सय दिनको उपलब्धीहरु सार्वजनिक गरेको छ। चैत १३ गते बालेन सरकार गठन भएको थियो। झन्डै दुई तिहाईको बहुमत ल्याएको रास्वपाले एकल सरकार बनाएको थियो। बालेन सरकारले यो एक सय दिनमा के के उपलब्धी हासिल गर्यो, सरकारले दावी गरेका यी हुन्, पढ्नुस् :
काठमाडौं। साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको प्रिक्वाटरफाइनल पुगेको छ। शनिबार बिहान भएको खेलमा केप भर्डेलाई ३-२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ पुगेको छ। एक सय ११ औँ मिनेटमा केप भर्डेका डिफन्डेर डिने भर्गेसबाट भएको आत्मघाती गोलमा अर्जेन्टिनाले जित हात पारेको हो। लियोनल मेस्सीको कर्नर प्रहारमा बल क्लियर गर्न खोज्दा आफ्नै गोल पोस्टभित्र छिरेको थियो। त्यसअघि केप भर्डे दुईपटक खेलमा पछाडि परेर पनि बराबरीमा फर्किएको थियो। लियोनल मेस्सीले २९ औँ मिनेटमा अग्रता दिलाएका थिए। डेरो डुएर्टले ५९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले ९२ औँ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाएका थिए। तर १०३ औँ मिनेटमा सिड्नी…
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि सपना कायमै रहेको छ, पोर्चुगल बिहीबार बिहान क्रोएसियालाई २-१ गोलले हराएर अन्तिम १६ पुग्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले गोल गरे। खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो, ५३ औँ मिनेटमा। इभाना पेरिसिचले गोल गरेका थिए। ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याएका थिए। इन्जुरी समयमा राफायल लियोको क्रसमा हेड गोल गर्दै रामोसले अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा रोनाल्डोले पहिलोपटक गोल गरेका हुन्। पोर्चुगलले क्वाटरफाइनल प्रवेशका लागि पूर्व विजेता स्पेनसँग खेल्ने छ। स्पेनले अन्तिम ३२ भिडन्तमा अस्ट्रियालाई ३-० गोलले हरायो। स्पेनका मिकेल ओयारजबलले २ गोल गरे।
काठमाडौं। गाली बेइज्जती मुद्धामा दोषी ठहर भएका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कन्चनपुर प्रहरीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो। उनलाई उच्च अदालतले एक महिना ७ दिन कैद र १२ हजार एक सय रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपुर्ती भराउनुपर्ने फैसला सुनाएको थियो। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा पटकपटक वि वादमा आएका उनले गाली बेइज्जती गरेको आरोप लागेको थियो।
काठमाडौं। पूर्व विजेता इङ्ल्यान्डसहित बेल्जियमन र अमेरिका पछिल्ला खेलहरु जित्दै प्रिक्वाटरफाइनलमा पुगेका छन्। इङ्ल्यान्डले डीआर कंगोलाई २-१ गोलले हरायो। इङ्ल्यान्डका दुवै खेल हेरि केनले गरे। इङ्ल्यान्डले अब प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्ने छ। यस्तै अर्को खेलमा बेल्जियमले सेनेगललाई ३-२ गोलले हरायो। ८५ औँ मिनेटसम्म २-० गोलले पछाडि रहेको बेल्जियमले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो। उसले अतिरिक्त समयको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै खेल जितेको हो। बेल्जियमले अबको खेलमा अमेरिकासँग खेल्ने छ। यस्तै अमेरिकाले बोस्निया एन्ड हर्ज गोभिनालाई २-० गोलले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ। ६४ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको अमेरिकाले त्यसपछि पनि एक गोल…
काठमाडौं। दुई उपाधि दावेदार जर्मनी र नेदरल्यान्ड्स जारी विश्वकप फुटबलको अन्तिम ३२ बाटै बाहिरिएका छन्। उनिहरुलाई हराउँदै पाराग्वे र मोरक्को अन्तिम १६ पुगेका छन्। यस्तै जापानलाई २-१ गोलले हराउँदै ५ पटकको बिजेता ब्राजिल पनि प्रिक्वाटरफाइनल पुगेको छ। पाराग्वेले जर्मनीलाई र मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराए। दुवैले टाइब्रेकर ३-२ ले जिते। दुवै खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। ब्राजिलले भने एक गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै खेलमा जित हात पारेको थियो।
काठमाडौं। सह आयोजक क्यानडा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा पुगेको छ। सोमबार बिहान भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० गोलले हराएर अन्तिम १६ पुग्ने पहिलो टोली बन्यो। क्यानडा विश्वकपमा प्रिक्वाटरफाइनल पुगेको पहिलोपटक हो। दक्षिण अफ्रिकाविरुद्ध स्टेफन युस्टाक्युले निर्णायक गोल गरे। यी २९ वर्षीय मिडफिल्डरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हु्न्।
काठमाडौं। जारी विश्वकप फुटबलको पहिलो चरणका खेलहरु समाप्त छन् र नकआउट चरणको समिकरण पुरा भएको छ। अन्तिम ३२ पुग्ने सबै टोली तय भएका छन्। एसियाबाट जापान र अस्ट्रेलिया पुगेका छन् भने युरोपबाट स्वीट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, फ्रान्स, नर्वे, अस्ट्रिया, पोर्चुगल, इङ्ल्यान्ड, क्रोएसिया, स्वीडेन र बोस्निया एन्ड हर्जगोभिना पुगेका छन्। यस्तै अफ्रिकाबाट डीआर कंगो, घाना, सेनेगल, अल्जेरिया, दक्षिण अफ्रिका, मोरक्को, इजिप्ट, आईभरिकोस्ट र केप भर्डे पुगेका छन्। दक्षिण अमेरिकाबाट इक्वेडर, पाराग्वे, कोलम्बिया, अर्जेन्टिना र ब्राजिल पुगेका छन्। उत्तर अमेरिकाबाट तीनवटै आयोजक क्यानडा, मेक्सिको र अमेरिका नकआउट चरण पुगेका छन्। अब नकआउट चरणमा जर्मनीले पाराग्वे, फ्रान्सले स्वीडेन, दक्षिण अफ्रिकाले क्यानडा, नेदरल्यान्ड्सले…