
Author: एनआरएन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनले रवि लामिछानेलाई निर्विरोध सभापतीमा निर्वाचित गरेको छ। सभापतीका लागि रविको मात्र उमेद्ध्वारी परेपछि उनी निर्विरोध भएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनको प्रस्तावमा रविको उमेद्ध्वारी परेको थियो। उनी दोस्रो कार्यकालका लागि सभापती निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै छ।
काठमाडौं। जिल्ला अदालत काठमाडौँले विजनेस भेन्चर्स मिडिया प्रालिद्वारा संचालिन विजनेसन्युज डटकममा प्रकाशित साईमेक्स ईन्क प्रालिका विषयका समाचारको सन्दर्भमा गरेको आदेशप्रति अनलाइन प्रत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अदालत काठमाडौँले जेठ २५ गते भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको र निवेदन अन्तिम टुङ्गो नलागेसम्म उल्लिखित शिर्षकका संचार सामाग्री अब बिजनेश भेन्चर मिडिया समेतका संचार माध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्नू नगराउनू र प्रकाशन प्रसारण गरी सकेका उक्त सामाग्री थप संप्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनू भनी विपक्षी विजनेस भेन्चर्स मिडिया प्रालिका नाममा आदेश गरेको थियो। संघद्धराा जारी विज्ञप्तीमा भनिएको छ, ‘अदालतको यो आदेशले पत्रकारिताको मुल मर्ममा…
काठमाडौं। साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स लगातार दोस्रो जित हात पार्दै जारी विश्वकपको नकआउट चरण पुगेका छन्। पछिल्ला खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० र फ्रान्सले इराकलाई ३-० गोलले हराए। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुवै गोल गरे र विश्वकपको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि भए। उनले अघिल्लो खेलमा ह्याट्रिक गरेका थिए। विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ। यता एमबाप्पेले लगातार दोस्रो खेलमा दुई गोल गरे र विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्।
काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा पूर्व विजेता स्पेनले साउदी अरबलाई ४-० गोलले हराएको छ। स्पेनको जितमा मिकेल ओयारजबलले दुई र लेमिन यमालले एक गोल गरे। एक गोल साउदी अरबका खेलाडीबाट आत्मघाती भयो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको चर्को आलोचना भएको थियो। साउदी अरबविरुद्ध यमालले १० औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ओयारजबलको पासमा उनले गोल गरेका थिए। त्यसपछिका लगातार दुई गोल ओयारजबल आफैले गरे। उनले २१ र २४ औँ मिनेटमा गरेका थिए। दोस्रो हाफमा साउदी अरबबाट आत्मघाती गोल भएको थियो। स्पेनले यमाल र ओयारजबललाई पहिलो हाफपछि सब्स्टिच्युट गरेको थियो। यो जितपछि स्पेनको २ खेलबाट ४…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । यस्तो सुविधामा राष्ट्र बैंकले सीमा तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ । उक्त मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका सीईओको पारिश्रमिक सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नु पर्नेछ । वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत…
काठमाडौं। संसदमा झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा भइरहेको छ। पार्टी स्थापना भएयता रास्वपाले पहिलोपटक महाधिवेशन गरिरहेको हो। चितवनमा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ। तर सभापतीमा रवि लामिछानेलाई चुनौती दिने कोही छैनन्, कसैले घोषणा गरेको छैन। पार्टी स्थापनादेखि रवि रास्वपा सभापती रहेका छन्। महाधिवेशनमा भोली उमेद्ध्वारी दर्ता र पर्सी मतदानको कार्यसूची रहेको छ। रवि लामिछाने पार्टी स्थापनाकालदेखि रास्वपा सभापती रहेका छन्। यसबीचमा उनी थु नामा रहेका बेला डिप अर्यालले कार्यबहाक सभापतीको जिम्मेवारी सम्हालेका थिए। रास्वपामा सभापति, वरिष्ठ नेता, १ महिलासहित ३ उपसभापति २ महामन्त्री, एक महिलासहित ५ सहमहामन्त्री , १ कोषाध्यक्ष , २…
काठमाडौं। ४ पटकको विजेता जर्मनी जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। आइतबार बिहान आईभरिकोस्टलाई २-१ गोलले हराउँदै जर्मनी १२ वर्षपछि पहिलोपटक समूहगत चरण पार गर्न सफल भएको हो। जर्मनीका दुवै गोल डेनिज उन्दाभले गरे जर्मनीले यो खेल जित्न विजयी गोल इन्जुरी समयको पनि अन्तिमतिर गरेको थियो। २९ वर्षीय स्ट्राइकर उन्दाभले ६८ र इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका हुन्। उनलाई जमाल मुसियालाको स्थानमा मैदान प्रवेश गराइएको थियो। अघिल्लो खेलमा क्युरासाओविरुद्ध पनि उन्दाभले एक गोल र २ असिस्ट गरेका थिए। त्यस खेलमा ६४ औँ मिनेटमा मुसियालाकै स्थानमा मैदान प्रवेश गरेका थिए। आइतबार बिहान भएको खेलमा आईभरिकोस्टले जर्मनीलाई निकै दबाबमा राखेको…
काठमाडौं। मेक्सिकोपछि अर्को घरेलु टोली अमेरिका पनि जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। अस्ट्रेलियालाई २-० गोलले हराउँदै अमेरिका लगातार दोस्रो जितसहित विश्वकपको अन्तिम-३२ पुगेको छ। अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे। अर्को गोल अस्ट्रेलियाका क्यामरुन बर्गेसबाट ११औँ मिनेटमा आत्म घाती गोल भएको थियो। फ्रिम्यानले ४३ औँ मिनेटमा गोल गरेका थिए। यता ब्राजिलले हैटीलाई ३-० गोलले हरायो। ब्राजिलको जितमा म्याथ्युज कुन्हाले २ र भिनिसियस जुनियरले एक गोल गरे। ब्राजिलले तीनवटै गोल पहिलो हाफमा गरकेो थियो। पहिलो खेलमा मोरक्कोसँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलको आलोचना भएको थियो। ब्राजिलले अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ। म्यानचेस्टर युनाइटेडका २७ वर्षे फर्वार्ड कुन्हाले २३…
काठमाडौं। घरेलु टोली मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहगत चरणमा लगातार दोस्रो जित हात पार्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। मेक्सिकोले शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हरायो। दक्षिण कोरियाविरुद्ध लुइस रोमोले ५० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूहमा २ खेलपछि मेक्सिको ६, दक्षिण कोरियाको ३ तथा चेक गणतन्त्र र दक्षिण अफ्रिकाको १/१ अंक रहेको छ।
स्पेनलाई बराबरीमा रोकेपछि केप भर्डेका गोलकिपर भोजिन्हा रोए र आमालाई सम्झिएर भक्कानिएको कुरा पछि खोले : भिसा समस्याका कारण मेरी आमाले यहाँ आएर मेरो खेल हेर्न पाइनन्। अमेरिकाले चासो दियो। रोयटर्सका अनुसार ५९ वर्षीया एना क्यान्डिडा इभोरा अमेरिका आएर छोराको खेल हेर्न चाहन्थिन्। तर भिषाका लागि धरौटीलगायतका शर्तहरुले इभोराले आँट्न सक्ने अवस्था भएन। उनी हाउस क्लिनर हुन्। रोयटर्सलाई अमेरिकी प्रशासनले बताएअनुसार इभोराले भिषा अप्लाई नै गरेकी थिइनन्। भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शनपछी उनी यति भाइरल भए की सायद इभोराको अमेरिका आएर छोराको खेल हेर्ने सपना पुरा हुँदे छ। विश्वकपमा अघिल्लोपटक मोरक्कोका खेलाडीरले आफ्नी आमाहरुसँग खेलपछि साँटेको खुसी भाइरल बनेको थियो। उनिहरुले कतारमा…