



Author: एनआरएन
काठमाडौं- सन्दीप लामिछाने र रोहित पौडेलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा उनीहरु १६ वर्ष उमेरमा हिड्दै थिए। गुल्सन झा र कुशल मल्लले पनि १५ वर्ष पुरा भएको केही महिनामा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन। अर्थात माथी उल्लेख गरिएका ४ जनै खलाडीले १५ वर्ष पुरा भएर १६ वर्ष उमेरका दिनहरु बिताइरहेका बेला नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका थिए। रोहित अहिले नेपाली टोलीको कप्तान छन्। कुशल, सन्दीप र गुल्सन नियमित सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन्। अब कुरा गरौँ हालै विश्वभर चर्चा पाएको नेपाल प्रिमियर लिगमा इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको अवार्ड जितेका स्पीनर विपिन शर्माबारे। भर्खरै १६ वर्ष पुरा…
काठमाडौं : यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देसाईलाई नेपाल क्रिकेट संघ-क्यानले विदा गर्न लागेको चर्चा छ। देशाईको सम्झौता नविकरण नहुने भन्दै समाचारहरु आइरहेका छन्। हामीले यस विषयमा क्यानका प्रवक्ता छुम्बी लामासँग कुराकानी गरेका छौँ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले पार्टीविरोधी गतिविधि गरेको आरोपमा युवा नेतृ उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ। हामीले यस विषयमा तिम्सेनासँग टेलिफोनमार्फत उनको धारणा बुझ्ने प्रयाश गरेका छौँ।
काठमाडौं। सहकारीका बचतकर्ताको डुबेको रकम फिर्ताका लागि सरकारले अध्यायदेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने निर्णय गरेको छ। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खुल्ने छ। उक्त अध्यादेश जारी भएपछि राष्ट्रिय सहकारी विकाश बोर्ड ऐन २०४९ र त्यसअन्तर्गत बनेको बोर्ड खारेज हुने छ। हाल रहेको बोर्डको हैसियतमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण रहने छ। र बोर्डको चल अचल सम्पत्ती, दायित्व र कर्मचारी प्राधिकरणमा हस्तान्तरण हुनेछन्। प्राधिकरणले सहकारीको दर्ता, नियमन र सुपरिवेक्षण गर्ने छ। प्रस्तावित अध्यादेशअनुसार सहकारी स्थानीइ तहमा मात्र दर्ता हुनेछन् भने सहकारीलाई तीन तहमा वर्गिकरण गरिने छ। समस्याग्रस्त सहकारी संस्थाको सदस्यले जम्मा गरेको ५ लाख रुपैयाँसम्मको…
काठमाडौं। भक्तपुरको बालकोटमा भाई र बाबुको हत्या गरेको आरोपमा लागेका एक युवकले प्रहरीमा आत्मसमर्पण गरेका छन्। ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविण बाहिरबाट बन्द गरिएको डेरामा सोमबार मृत भेटिएका थिए। विवेक आचार्यले मंगलबार प्रहरीमा आत्मसमर्पण गरेपछि प्रहरीको प्रारम्भिक अनुमान मिलेको हो। विवेक भाईसँग उक्त डेरामा बस्दै आएका थिए। कुल भने एक साताअघि मात्र छोराहरुलाई भेट्न खोटाङबाट आएको पाइएको छ। अनुसन्धानका क्रममा विवेक आइतबार बिहानको राति स्कुटीमा डेरा कोठाबाट बाहिर निस्किएको देखिएको थियो। बाबु र भाईको हत्यापछि विवेकले आत्महत्या गर्न खोजेपछि प्रयास असफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार विवेकले प्रारम्भिक रुपमा परिवार सँधै दुखमा भएकाले…
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा सांसदबाट निलम्बित भएपछि यसले नेपाली राजनीति र कानुनी ब्याख्याको नयाँ बहस सृजना भएको छ। संघीय संसदलेले कास्की प्रहरीको पत्रपछि सोमबार रविलाई निलम्बन गरेको सूचना निकालेको छ। सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ को दफा २७ अनुसार रवि निलम्बित भएको संघीय संसदले जनाएको छ। सम्पत्ती शुद्धिकरण निवारण ऐनको दफा २७ मा प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर मुद्ध दायर भएकामा सो मुद्धाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिवकारी वा राष्ट्र सेवक…
काठमाडौं। पोखराको सुदर्शन सहकारीको बचत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती, सांसद तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध झन्डै ३० करोड रुपैयाँ बिगो माग गर्दै मुद्धा दायर भएका छन्। कात्तिक २ गते काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की पुर्याइएका लामिछानेविरुद्ध सहकारी ठगी र शम्पत्ती शुद्धिकरण अभियोगमा झन्डै ३० करोड रुपैयाँ बिगो मागेर आइतबार कास्की जिल्ला अदालतमा मुद्धा दायर भएको छ। सहकारी ठगीतर्फ एक अर्ब ५१ करोड ४० १९ हजार एक सय ९४ तीन पैसा कुल बिगोमध्ये रवि लामिछानेको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ रहेको दावी गरिएको छ। यस्तै सम्पत्ती शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार…
काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलपछि उपाधि विजेतालाई पुरस्कार वितरण गर्न शनिबार त्रिवि क्रिकेट मैदानमा दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचन्ड स्टेजमा पुगेका थिए। विजेता खेलाडीलाई मेडल लगाई दिइरहँदा देउवा र दाहाल बारम्बार कसले लगाउने भने कन्फ्युन्ज देखिन्थे। त्यसो त उनिहरु सँगै भएका तस्विरहरु अहिले सामाजिक सन्जालमा ट्रोल बनिरहेका छन्। त्यसको कारण हो उनिहरुबीच नदेखिएको हार्दिकता। उनिहरु सँगै भएर पनि पानी बाराबारजस्तो हाउबाउमा प्रस्तुत भए। देउवाले प्रचन्डलाई छाडेर केपी शर्मा ओलीसँग सत्ता गठबन्धन गरेपछि उनिहरुबीच तिक्तता झांगिएको अनुमान हुँदै आएको छ। प्रचन्डले सार्वजनिक रुपमै भन्दै पनि आएका छन्। खासमा प्रचन्ड र देउवा पुरस्कार वितरणमा सहभागी हुनु एक्सिडेन्टल…
काठमाडौं। शनिबार सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेटमा दुई नेपाली क्रिकेटरले कार र मोटरसाइकल जितेका छन्। सुदुर पश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ६० लाख रुपैयाँभन्दा बढी पर्ने कार जितेका छन् भने जनकपुर बोल्ट्सका स्पीनर ललित नारायण राजवंशीले इलेक्ट्रिक मोटरसाइकल पाएका छन्। दुवै खेलाडी राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीका रुपमा दीपेन्द्रले कार पाएका छन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरका रुपमा ललितलाई मोटरसाइकल दिइएको छ। प्रतियोगिताको इमर्जिङ खेलाडी १६ वर्षे विपिन शर्मा भएका छन् जसले प्रतियोगितामा १३ विकेट लिएका थिए।
काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुर बोल्ट्सले सुदुर पश्चिम रोयल्सलाई ५ विकेटले हराएर एक करोड १० लाख रुपैयाँ उपाधि राशी जित्यो। टस जितेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। सुदुर पश्चिम रोयल्सका सैफ जैबले ६९ र विनोद भण्डारीले ४१ रन बनाएका थिए। जनकपुर बोल्ट्सका किशोर महतो र मोहम्मद मोहसिनले तीन तीन विकेट हात पारे। जेम्स निसम र ललित राजबंशीको नाममा पनि एक एक विकेट रह्यो। जनकपुर बोल्ट्सले ठुलो लक्ष्य विना दबाब पुरा गर्यो। केवल ५…