काठमाडौं। नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देल भारतीय सेनाको औपचारिक निमन्त्रणामा भारत जाने भएका छन्।
उनले मंसिर २६ देखि मंसिर २९ गतेसम्म भारत भ्रमण गर्ने तय भएको नेपाली सेनाले जनाएको छ। सेना प्रमुख भएपछि दुवै देशका सेनाले एक अर्काको देशको औपचारिक भ्रमण गरेर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ।

हालै भारतीय स्थल सेनाध्यक्ष नेपाल आएका थिए।


