काठमाडौं। मेडिकल व्यवशायी दुर्गा प्रसाई फेरी पक्राउ परेका छन्। भक्तपुर प्रहरीले आइतबार राती उनलाई निवासबाटै नियन्त्रणमा लिएको छ।
त्यसअघि प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हालै तराई क्षेत्रमा भड्किएको धार्मिक हिंसाबारे बोलेका थिए।

उनले सरकार र प्रहरी नेतृत्वमाथी प्रश्न उठाएका थिए। सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप उनिमाथी लगाइएको छ। बोलेकै आधारमा यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए।

