काठमाडौं : बालेन सरकारले अन्तत दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजिपीबाट हटाएको छ। उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
सरकारले नयाँ आईजिपी मनोज केसीलाई बनाएको छ। केसी र कार्की एकै समयमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन्। पछिल्लो समय प्रहरीभित्र कार्की र केसीबीच ट कराव बढिरहेको थियो।

आईजिपी रहेका व्यक्तीलाई त्यहाँबाट अन्तै ठाउँ सरुवा गरेर नयाँ आईजिपी नियुक्त गरिएको यो पहिलो घटना भने होइन। आईजिपीसँग तालमेल नमिले, विवादमा परे वा अन्य कसैलाई आईजिपी बनाउनु परे अर्को ठाउँमा सरुवा गर्ने चलन विगतमा पनि देखिएको थियो।
गत साता सरकारले आईजिपीलाई हटाउने तयारी गरिरहेको समाचार बाहिर आएपछि कार्कीले तत्कालै शीर्ष अधिकारीहरु सहभागी हुने पोलिसी कोअर्डिनेसन कमिटी-पिसिसी बैठक बोलाएका थिए। प्रहरी नेतृत्वलाई विवादमा ल्याएर राजनीतिक स्वार्थ पुरा गर्ने खेल भइरहेको भन्दै संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको थियो। भोलिपल्टै पत्रकारहरुमाथी धरपकड भएको थियो। उक्त बैठकमा आईजिपी कार्की र एआईजि केसीबीच चर्काचर्की भएको बैठकमा सहभागी एक उच्च अधिकारी बताउछन्।
पछिल्लो समय आईजिपी दानबहादुर कार्कीमाथी रास्वपाका सांसद खगेन्द्र सुनारले पोसाक खरिदमा अनियमितता गरेको भन्दै हटाएर छानबिन हुनुपर्ने माग गरेका थिए।
हालै मात्र पत्रकारमाथी भएको धरपकडमा प्रधानमन्त्रीको सचिवालयले आफ्नो भूमिका नरहेको बताएपनि प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री कार्यालयकै निर्देशनमा उक्त कार्य गरेको बताएपछि सरकारको नेतृत्व र प्रहरी नेतृत्वबीच सम्बन्ध थप चिसिएको अनुमान भइरहेको थियो।




