काठमाडौं। भोटेकोशी र त्रिशुलीमा आएको बाढीमा परेकामध्ये हालसम्म झन्डै एक हजार जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९ सय ८७ जनाको शव फेला परेको छ। यस्तै ३ हजार ९ सय १६ जना सम्पर्कविहिन रहेका छन्। विवरण संकलनको काम भइरहेकाले संख्या बढ्न सक्ने छ।

एक साता अघि आएको बाढीमा परेकामध्ये रसुवा र नुवाकोटमा धेरै बेपत्ता रहेका छन्। रसुवामा ८ सय ३५, हाइड्रो पावरबाट ६ सय ३९, नुवाकोटमा १५ सय ३८, ५ सय ८३ जना विदेशी पर्यटकहरु सम्पर्कविहिन छन्।
सबैभन्दा बढी चितवनमा ३ सय २१, पूर्व नवलपरासीमा २ सय १६, पश्चिम नवलपरासीमा १ सय ७० जनाको शव फेला परेको छ। सोही नदि भएर बग्ने भारतीय क्षेत्रमा पनि शव फेला परेका छन्।


