Author: एनआरएन

काठमाडौं। नेपाली महिला क्रिकेट टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायर पुगेको छ। सिनियर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल विश्वकपको ग्लोबल क्वालिफायर पुगेको यो पहिलोपटक हो। एसियाली छनोटअन्तर्गत सुपर-३ को आफ्नो पहिलो खेलमा नेपालले सोमबार यूएईलाई ५ विकेटले हरायो। यूएईले सुपर-३ का दुवै खेल हारेकाले नेपालले थाइल्यान्डसँग खेल्नुअघि नै ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो। पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई एक सय १५ रनको लक्ष्य दिएको थियो। नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ३० रन जोडिन्। पूर्व कप्तान रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पुजा महतोले १३ रन जोडे। नेपालले पहिलो विकेटका लागि २८, चौथो…

Read More

काठमाडौं। ब्रिटिस आरोही केन्टन कुलले १९ औँ पटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेका छन्। ५१ वर्षीय कुल सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने गैह्र शेर्पा हुन्। कुलले पहिलोपटक सन् २००४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी हरेक वर्षजसो सगरमाथा चढिरहेका छन्। यसबीचमा उनी सन् २०१४,२०१५ र २०२० मा मात्र चढेका थिएनन्। सुरुका दुईपटक हिम पहिरोका कारण उनी चढेका थिएनन् भने तेस्रोपटक कोरोना महामारीका कारण प्रभावित भएको थियो। सगरमाथि सबैभन्दा बढी आरोहण गर्ने विश्व कीर्तिमान नेपाली कामी रिताको नाममा छ जसले ३० पटक सर्वोच्च हिमशिखर आरोहण गरेका छन्।

Read More

काठमाडौं। जति नै गाली खानुपरे पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरेको सरकारका पक्षमा बोल्न अगाडि सरि हाल्नेमा पर्छन् महेश बस्नेत र विष्णु रिमाल। त्यति मात्र होइन, ओली र ओलीले नेतृत्व गरेको सरकारविरुद्ध सार्वजनिक नोटिस र चर्चा हुने गरी कसैले बोलि हाले रिमाल र बस्नेत सामाजिक सन्जालमा फायर खोलिहाल्ने नेता पनि हुन्। पछिल्लो एक घटनामा यस्तै भएको छ, विषय सन्दर्भ विष्णु रिमालसँग सम्बन्धित भएकाले महेश बस्नेतबारे भने चर्चा गर्ने छैनौँ। अहिले चर्चामा रहेको एउटा फेसबुक स्टाटसबारे कुरा गरौँ जुन आइतबार बिहानदेखि सामाजिक सन्जालदेखि अनलाइन मिडियाहरुमा हेडलाइन बनेर प्रकाशित भएका थिए। बिहानै एमाले नेता रिमालले…

Read More

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । शनिबार काठमाडौंस्थित ठमेलमा आयोजित कार्यक्रमममा खतिवडाको अध्यक्षतामा कार्यसमिती निर्विरोध निर्वाचित भएको हो। फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदिप थापा चयन भएका छन । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको पनि उपस्थिती थियो। कार्यक्रममा बोल्दै…

Read More

काठमाडौं। चर्चित बलिउड डान्सर नोरा फतेहीले शनिबार साँझ काठमाडौंमा आफ्ना फ्यानहरुलाई नचाएकी छिन्। बौद्धस्थित हायात होटल परिसरमा राती झन्डै एक घण्टा नोरा नाचेकी थिइन्। उनी दुबईबाट शनिबार बिहान काठमाडौं आइपुगेकी थिइन्। कार्यक्रममा तेरिया मगर, दुर्गेस थापा, समर्पण लामालगायतले पनि प्रस्तुती दिएका थिए।

Read More

काठमाडौं। सर्वोच्च अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ। सर्वोच्च अदालतले शुक्रबार मिश्रलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको हो। मिश्रलाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधलगायत कसुर लगाएर अनुसन्धान सुरु भएको थियो। मिश्रलाई राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखिएको भन्दै आलोचना पनि भइरहेको थियो। बैशाख ३० गते मिश्रकी श्रीमती सारिकाले बन्दी प्रत्यक्षिकरणको रिट सर्वोच्च अदालतमा दायर गरेकी थिइन्। सर्वोच्च अदालतले मिश्रमाथी हुनुपर्ने अनुसन्धान अधिकांश सकिएको भन्दै सर्वोच्चले हिरासतमा राखिरहनु आवश्यक नरहेको आफ्नो आदेशमा उल्लेख गरेको छ। कुमार चुँढाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खोजेका बखत उपस्थित गराउने…

Read More

काठमाडौं। टी-२० महिला विश्वकपको एसियाली छनोटबाट लगभग बाहिरि सकेको अवस्थाबाट नेपाली टोली फर्किएको छ। नेपाली टोली सुपर लक्की देखिएको छ। र, अब थाइल्यान्ड र यूएईमध्ये एक टोलीलाई मात्र पछाडि पार्न सके नेपालले विश्वकपको विश्वस्तरको छनोट खेल्ने छ। त्यो अवस्थामा नेपाली महिला क्रिकेटले एतिहासिक सफलता हात पार्ने छ किनभने नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म विश्वस्तरको छनोट खेल्न सकेको छैन। थाइल्यान्डमा भइरहेको एसियाली छनोटमा नेपाल आफ्ना सबै चार खेल खेलेर ५ अंकसहित समूहको पहिलो स्थानमा थियो। समूहमा हङकङ र बहराइन पनि थिए। समूहबाट पहिलो हुने टोली मात्र सुपर-३ पुग्ने थियो। तर हङकङ र बहराइनबीचको खेल बाँकी नै रहेकाले पहिलो स्थानमा रहेर…

Read More

काठमाडौं। नविन चौहान निर्देशित ‘ऊनको स्वीटर’रले प्रदर्शनमा आएको पहिलो साता करिब ६ करोड रुपैयाँ कमाएको छ। आर्टमान्डुका अनुसार पहिलो साता यो फिल्मले ५ करोड ७५ लाख रुपैयाँ कमाएको छ। फिल्ममा विपिन कार्की, मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ। यसअघि सुजन चापागाईले गाएको फिल्मको शीर्ष गितले निकै चर्चा कमाएको थियो।

Read More

म्याड्रिड। बार्सिलोनाले यो सिजन घरेलु लिग ला लिगाको उपाधि पक्का गरेको छ। बिहीबार राती स्पान्योललाई २-० गोलले हराउँदै बार्साले २ खेल बाँकी रहँदै घरेलु लिगको उपाधि पक्का गरेको हो। ३६ खेलबाट ८५ अंक भएको बार्सा तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३६ खेलबाट ७८ अंक छ। स्पान्योलविरुद्ध बार्साका लेमिन यमाल र फर्मिन लोपेजले गोल गरे। बार्साले समग्रमा २८ औँ पटक ला लिगा जितेको हो। सर्वाधिक ला लिगा जित्ने सूचीमा बार्सा दोस्रो स्थानमा छ। रियल म्याड्रिडले यो प्रतियोगिता ३६ पटक जितेको छ। बार्साले पछिल्ला तीनमध्ये दुई सिजन ला लिगा जित्यो। गत संस्करण रियल म्याड्रिडले हात पारेको थियो। बार्सिलोनाले यो…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। खासगरी आफु असन्तुष्ट रहेका वडाध्यक्षहरुलाई बालेनले जिम्मेवारीबाट हटाएका छन्। काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ । यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार…

Read More