
Author: एनआरएन
काठमाडौं- पछिल्लो ११ महिनामा झन्डै २१ खर्ब २१ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भइ २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो। जेठ महिनामा मात्र २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गएको बैशाख महिनमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो। चालु आर्थिक वर्षको सुरुको ११ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५९ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८…
काठमाडौं। विश्वकप फुटबलको फाइनल पुग्न मंगलबार दुई पूर्व विजेता स्पेन र फ्रान्स भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राती पौने १ बजे अमेरिकाको टेक्ससस्थित एर्लिङ्टन स्टेडियममा हुने छ। ९५ हजार दर्शक क्षमताको यो रंगशालामा अहिलेका दुई चर्चित युवा खेलाडी लमिन यमाल र केलियन एमबाप्पे आमने सामने हुनेछन्। एमबाप्पे ८ गोलसहित गोल्डेन बुटको दौडमा पनि छन्। दुवै टोलीले जारी प्रतियोगितामा एक खेल पनि हारेका छैनन्। स्पेनले फ्रान्सविरुद्ध भएका पछिल्ला दुई भिडन्त जितेको छ, युरो कप र नेसन्स लिगको सेमिफाइनलमा भिडेको थियो।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकहरुको नाफा १९ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस…
काठमाडौं। साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ। आइतबार बिहान भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २-१ र अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई ३-१ ले हरायो। अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र इङ्ल्यान्ड भिड्नेछन्। यस्तै अर्को सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्ने छ। नर्वेविरुद्ध इङ्ल्यान्डका जुड बेलिङ्घमले गोल गरे। यता स्विट्जरल्यान्डविरुद्ध म्याक एलिस्टर, जुलियन अल्भारेज र लौतारो मार्टिनेजले गोल गरे।
काठमाडौं। युरो कप विजेता स्पेन जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ। स्पेनले शनिबार बिहान भएको खेलमा बेल्जियमलाई २-१ गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले ८८ औँ मिनेटमा निर्णायक गोल गरेका थिएस। उनी गोल हुनुभन्दा १ सय १७ सेकेन्ड अगाडि मात्र मैदान प्रवेश गरेका थिए। स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्ने छ।
काठमाडौं। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार बिहान भएको क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओसमाने डेम्बेलेले गोल गरे। पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरमा चुकेका एमबाप्पेले दोस्रो हाफमा टिमलाई अग्रता दिलाएका थिए। उनले डेम्बेलेको गोलमा पनि असिस्ट गरे। फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। एमबाप्पेले जारी प्रतियोगितामा ८ गोल गरेका छन्। अघिल्लो विश्वकपमा उनले यति नै गोल गरेर गोल्डेन बुट जितेका थिए। यसपटक अर्जेन्टिनाका लियोनल मेस्सीले पनि ८ गोल गरिसकेका छन्।
काठमाडौं । सरकारले शैक्षिक परामर्श संघसंस्था क्षेत्रमा कडा नियम ल्याएको छ। अब त्यस्ता संस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा कडा नियम समेटिएको हो। शैक्षिक परामर्श सेवाको लागि धरौटी रकम २५ लाख र शाखा थपमा पनि २५ लाख नै राख्नु पर्ने भनिएको छ । परामर्श संस्थाको अनुमति दस्तुर ५० हजार र शाखा विस्तार भएमा प्रति शाखा २० हजार तोकिएको छ । नवीकरण दस्तुर ५० हजार शाखा विस्तार भएमा २० हजार तोकिएको छ । त्यसैगरी, पूर्वतयारी कक्षाको धरौटी शुल्क १ लाख, अनुमति दस्तुर १०…
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने प्रकरणमा दुई पूर्वमन्त्रीसहित १५ जना दोषी ठहर भएका छन्ला। काठमाडौं जिल्ला अदालतले सात जनालाई भने सफाई दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर हुने फैसला सुनाएको हो । उनिहरुलाई कति सजाय हुने भन्ने निर्णय हुन बाँकी छ। त्यसका लागि असार २९ गतेका लागि पेसी तय भएको छ । काठमाडौँ जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । रिजालसहित केशवप्रसाद दुलाल र सानु भण्डारी पनि किर्तेको आरोपमा दोषी ठहर भएका छन् । भुटानी शरणर्थी प्रकरणलाई संगठित…
काठमाडौं। साविक विजेता अर्जेन्टिना जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो। अर्जेन्टिनाको जितमा क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे। ७८ औँ मिनेटसम्म इजिप्ट २-० गोलले अगाडि थियो। तर अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्ने छ। स्वीट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्यो।
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना पूर्ण विराम लगाउँदै पूर्व विजेता स्पेन विश्वकपको क्वाटरफाइनल पुगेको छ। मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले गोल गरे। मेरिनोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। ३० वर्षीय मेरिनो ८५ औँ मिनेटमा ड्यानी ओल्मोको स्थानमा मैदान छिरेका थिए। स्पेनले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्ने छ। बेल्जियमले अर्को खेलमा अमेरिकालाई ४-१ गोलले हरायो।