Author: एनआरएन

काठमाडौं। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार बिहान भएको क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओसमाने डेम्बेलेले गोल गरे। पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरमा चुकेका एमबाप्पेले दोस्रो हाफमा टिमलाई अग्रता दिलाएका थिए। उनले डेम्बेलेको गोलमा पनि असिस्ट गरे। फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। एमबाप्पेले जारी प्रतियोगितामा ८ गोल गरेका छन्। अघिल्लो विश्वकपमा उनले यति नै गोल गरेर गोल्डेन बुट जितेका थिए। यसपटक अर्जेन्टिनाका लियोनल मेस्सीले पनि ८ गोल गरिसकेका छन्।

Read More

काठमाडौं । सरकारले शैक्षिक परामर्श संघसंस्था क्षेत्रमा कडा नियम ल्याएको छ। अब त्यस्ता संस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा कडा नियम समेटिएको हो। शैक्षिक परामर्श सेवाको लागि धरौटी रकम २५ लाख र शाखा थपमा पनि २५ लाख नै राख्नु पर्ने भनिएको छ । परामर्श संस्थाको अनुमति दस्तुर ५० हजार र शाखा विस्तार भएमा प्रति शाखा २० हजार तोकिएको छ । नवीकरण दस्तुर ५० हजार शाखा विस्तार भएमा २० हजार तोकिएको छ । त्यसैगरी, पूर्वतयारी कक्षाको धरौटी शुल्क १ लाख, अनुमति दस्तुर १०…

Read More

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने प्रकरणमा दुई पूर्वमन्त्रीसहित १५ जना दोषी ठहर भएका छन्ला। काठमाडौं जिल्ला अदालतले सात जनालाई भने सफाई दिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वमन्त्रीसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर हुने फैसला सुनाएको हो । उनिहरुलाई कति सजाय हुने भन्ने निर्णय हुन बाँकी छ। त्यसका लागि असार २९ गतेका लागि पेसी तय भएको छ । काठमाडौँ जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । रिजालसहित केशवप्रसाद दुलाल र सानु भण्डारी पनि किर्तेको आरोपमा दोषी ठहर भएका छन् । भुटानी शरणर्थी प्रकरणलाई संगठित…

Read More

काठमाडौं। साविक विजेता अर्जेन्टिना जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो। अर्जेन्टिनाको जितमा क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे। ७८ औँ मिनेटसम्म इजिप्ट २-० गोलले अगाडि थियो। तर अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो। अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्ने छ। स्वीट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्‍यो।

Read More

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना पूर्ण विराम लगाउँदै पूर्व विजेता स्पेन विश्वकपको क्वाटरफाइनल पुगेको छ। मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले गोल गरे। मेरिनोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। ३० वर्षीय मेरिनो ८५ औँ मिनेटमा ड्यानी ओल्मोको स्थानमा मैदान छिरेका थिए। स्पेनले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्ने छ। बेल्जियमले अर्को खेलमा अमेरिकालाई ४-१ गोलले हरायो।

Read More

काठमाडौं। ५ पटकको पूर्व विजेता ब्राजिललाई २-१ गोलले हराएर नर्वे जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। सोमबार बिहान भएको खेलमा नर्वेका दुवै गोल एर्लिङ हालान्डले गरे। अन्तिम समयमा नेमारले पेनाल्टीमार्फत एक गोल गरेपनि ब्राजिल खेलमा फर्कन सकेन। २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेका लागि क्वाटरफाइनल यात्रा विश्वकपमा ऐतिहासिक सफलता हो। यसअघि अन्तिम १६ सम्म पुगेको थियो। नर्वेले अब सेमिफाइनल पुग्न इङ्ल्यान्डसँग खेल्ने छ। इङ्ल्यान्डले सोमबार बिहान भएको खेलमा मेक्सिकोलाई ३-२ गोलले हरायो। इङ्ल्यान्ड यो खेलमा ५४ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। तर मेक्सिकोसँग उसले सम्हालिएर खेल्यो। जुड बेलिङ्घमले २ र हेरि केनले १ गोल गरे। बेलिङघमले २ मिनेटको अन्तरमा…

Read More

काठमाडौं : पूर्व विजेता फ्रान्ससँगै मोरक्को जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेका छन्। आइतबार बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई १-०गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे। उनले ७० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। अर्को खेलमा मोरक्कोले क्यानडालाई ३-० गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो। मोरक्कोको जितमा अज्जेदिन उनाहीले २ र सोफियान रहिमीले एक गोल गरे। मोरक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने छ।

Read More

काठमाडौं। बालेन सरकारले आफ्नो एक सय दिनको उपलब्धीहरु सार्वजनिक गरेको छ। चैत १३ गते बालेन सरकार गठन भएको थियो। झन्डै दुई तिहाईको बहुमत ल्याएको रास्वपाले एकल सरकार बनाएको थियो। बालेन सरकारले यो एक सय दिनमा के के उपलब्धी हासिल गर्‍यो, सरकारले दावी गरेका यी हुन्, पढ्नुस् :

Read More

काठमाडौं। साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको प्रिक्वाटरफाइनल पुगेको छ। शनिबार बिहान भएको खेलमा केप भर्डेलाई ३-२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ पुगेको छ। एक सय ११ औँ मिनेटमा केप भर्डेका डिफन्डेर डिने भर्गेसबाट भएको आत्मघाती गोलमा अर्जेन्टिनाले जित हात पारेको हो। लियोनल मेस्सीको कर्नर प्रहारमा बल क्लियर गर्न खोज्दा आफ्नै गोल पोस्टभित्र छिरेको थियो। त्यसअघि केप भर्डे दुईपटक खेलमा पछाडि परेर पनि बराबरीमा फर्किएको थियो। लियोनल मेस्सीले २९ औँ मिनेटमा अग्रता दिलाएका थिए। डेरो डुएर्टले ५९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले ९२ औँ मिनेटमा गोल गर्दै पुन अग्रता दिलाएका थिए। तर १०३ ‍औँ मिनेटमा सिड्नी…

Read More

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि सपना कायमै रहेको छ, पोर्चुगल बिहीबार बिहान क्रोएसियालाई २-१ गोलले हराएर अन्तिम १६ पुग्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले गोल गरे। खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो, ५३ औँ मिनेटमा। इभाना पेरिसिचले गोल गरेका थिए। ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याएका थिए। इन्जुरी समयमा राफायल लियोको क्रसमा हेड गोल गर्दै रामोसले अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा रोनाल्डोले पहिलोपटक गोल गरेका हुन्। पोर्चुगलले क्वाटरफाइनल प्रवेशका लागि पूर्व विजेता स्पेनसँग खेल्ने छ। स्पेनले अन्तिम ३२ भिडन्तमा अस्ट्रियालाई ३-० गोलले हरायो। स्पेनका मिकेल ओयारजबलले २ गोल गरे।

Read More