काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो सार्वजनिक भएपछि आन्तरिक छानबिन थालेको छ। रास्वपाले सुनारलाई माननीयका हैसियतमा औपचारिक कार्यक्रमहरुमा सहभागी नहुन पनि निर्देशन दिएको छ।
सोमबार जनआस्था डटकमले खगेन्द्र र एक महिलाबीचको सम्वादको अडियो भन्दै सार्वजनिक गरेको थियो। उक्त अडियोमा खगेन्द्रले ती महिलामाथी अश्लिल गालि गलौज र धम्कि दिएको सुनिन्छ। जनआस्थाका अनुसार खगेन्द्रले ती महिलासँग ब्ल्याकमेलिङ पनि गरेका थिए। ती महिला तत्कालिन सांसद रहेको पनि जनआस्थाको दावी छ।

खगेन्द्रले यो अडियोबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
पछिल्लो समय निकै विवादमा रहेका खगेन्द्रले नेपाल प्रहरीका आईजीपि दानबहादुर कार्कीमाथी दिएका अभिव्यक्तीका कारण चर्चामा रहेका थिए। प्रहरीको पोसाक खरिदमा कार्कीले अनियमिता गरेको भन्दै उनले लगातार प्रश्न उठाइरहेका थिए। यतिबेला त्यस विषयमा संसदको उप समितीले अध्ययन गरिरहेको थियो। खगेन्द्रले पछिल्लो समय प्रहरीले आफुविरुद्धको तस्विर, भिडियोहरु खोजी रहेको केही दिन अघि बताएका थिए।





