काठमाडौं । झन्डै दुई तिहाईको सरकारले राजदुतका लागि सिफारिस गरेका दुई जनाको नाम अस्विकृत भएको छ। संसदीय सुनुवाई समितीले उनिहरुलाई अस्विकृत गरेको हो।
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको छ।

विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो।
समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र इजरायलका लागि सुरेश कर्ण रहेका छन्।
त्यस्तै, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि डा. मञ्चला झा, जर्मनीका लागि सरु जोशी र ओमानका लागि डा. पद्याक्षी राणाको नाम पनि समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
य जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको हकमा भने समितिले तत्काल निर्णय गरेको छैन। सुनुवाइसम्बन्धी केही पत्र आउन बाँकी रहेकाले आवश्यक कागजात प्राप्त भएपछि दसैँपछि निर्णय गर्ने समितिले जनाएको छ।




