काठमाडौं– नेपाल क्रिकेट स्रंघले सन्दीप लामिछानेलाई अनुशासन सम्बन्धी कारबाही गरेको छ। सन्दीपलाई स्पष्टीकरण सोधेपछि क्यानले उनलाई कारबाही गरेको हो।
जय ट्रफी क्रिकेट दौरान अम्पायरसंग भएको विवादपछि सन्दीपले सामाजिक सन्जालमा आक्रोश पोखेका थिए। अम्पायरको निर्णय क्षमतामाथी प्रश्न उठाएका सन्दीपमाथी क्यानले कारबाही गर्ने संकेत देखाएको थियो।

स्रोतका अनुसार सन्दीपलाई तीन डेमिरेट प्वाइन्ट र एक घरेलु खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।


