काठमाडौं। घरेलु टोली मेक्सिकोले २३ औँ विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो। घरेलु टोलिका जुलियान क्विनोनेस र राउल जिमिनेजले गोल गरे।
नवौँ मिनेटमा अग्रता लिएको मेक्सिकोले मध्यान्तरको सुरुवातमै थप बलि यो हुने अवस्था बन्यो जब ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका खेलाडीले सोझै रातो कार्ड पाए।

६७ औँ मिनेटमा जिमिनेजले गोल थपेका थिए। दक्षिण अफ्रिकाले ८४ औँ मिनेटमा अर्को रातो कार्ड पाएको थियो भने मेक्सिकोका खेलाडीले पनि इन्जुरी समयमा रातो कार्ड पाए।


