‘नेपो बेबी’ अभियान चलाइरहेका जेन्जीले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं। भ्रष्टचार अन्त्यको माग गर्दै जेन जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। यतिबेला उनिहरु टिकटकमा अभियान चलाइरहेका छन्।

उनिहरुले मुलुकमा ब्याप्त भ्रष्टाचार अन्त्यका लागि सडकमा आउन आह्रवान गरेका छन्। बिहान ११ बजे माइति घरबाट प्रदर्शन सुरु हुने टिकटकका पोस्टहरुमा देखिन्छ। यसअघि सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सन्जाल सूचिकरण हुन नआएको भन्दै प्रतिबन्ध लगाएपछि जेन जीले टिकटकमा नेपो बेबी अभियान सुरु गरेका थिए।
नेताका छोराछोरीको विलाशी जिवन एक्सपोज गर्ने र जनताको छोराछोराको दयनीय अवस्थालाई अभियानकै रुपमा टिकटक प्रयोगकर्ताहरुले देखाइरहेका छन्।
नेताहरुले भ्रष्टचार गरेर पैसा कमाएको र उनिरुका सन्तानले शक्तिकै आडमा सम्पूर्ण राज्य स्रोत र सुविधाहरुमा सहज पहुँच राखेको अभियन्ताहरुले बताइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताका सन्तानहरुका विलाशीपुर्ण जिवनशैलीलाई भिडियोमार्फत एक्सपोज गरिएको छ।
भ्रस्ट नेतृत्वकै कारण जनताका छोराछोरी विदेश गइरहनु परेको र राज्यबाट युवालाई लखेट्ने काम भइरहेको उनिहरुको आरोप छ। स्वेदश र विदेशमा रहेका नेपाली टिकटक प्रयोगकर्ताहरुले विभिन्न भिडियोहरु बनाएर नेपो बेबी अभियान चलाइरहेका छन्।
यस्तै अभियानका आशय झल्किने टिकटक आईडीहरु बनाएर ब्यानरजस्ता सामग्री पोस्ट भइरहेका छन् जसबाट राष्ट्रवादीहरुलाई एक हुन आह्वान गरिएको देखिन्छ।
खासगरी सामाजिक सन्जाल बन्द गरिएपछि सरकारले युवा पुस्ताहरुको रोजगारी खोसेको, जनताको अधिकारको घाँटी निमोठेको, भ्रष्टचारमा लिप्त शासकहरु सामाजिक सन्जालको शक्तिबाट डराएको र मुलुकलाई झन कमजोर बनाउन खोजेको आरोप जेन जीहरुले लगाइरहेका छन्।


