काठमाडौं। नेपाल मलेसियामा जारी १९ वर्षभन्दा मुनीको महिला टी-२० विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाली टोली बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भयो।
नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले निराश भएको थियो। पहिलो चरणको अन्तिम खेलमा नेपाललाई अस्ट्रेलियाले एक सय ४० रनको लक्ष्य दिएको थियो।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो। नेपालले महिलातर्फ कुनैपनि स्तरको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकप खेलेको हो।


