काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्यित गर्दै सामाजिक सन्जालमा अर्को स्टाटस लेखेका छन्।

गणतन्त्र मुल समारोह समिती गठनका लागि बोलाइएको बैठकमा आफु अनुपस्थित हुनाको कारण उल्लेख गर्दै ओलीलाई भष्ट्र सिस्टमको नेतृत्व गरेको उल्लेख गरेका छन्।
सोमबार साँझ बालेनले फेसबुकमा लेखेका छन्- जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ,त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’
त्यसपछि उनी अगाडि थप्छन्- सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिस्टम
सोमबारको बैठकमा बालेन नआएपछि प्रधानमन्त्री रिसाएको समाचारहरु बाहिर आएका छन्। यही पृष्ठभूमीमा बालेनले उक्त स्टाटस लेखेको हुन सक्ने देखिन्छ। पछिल्लो समय प्रधानमन्त्री ओली र बालेनको सम्बन्ध थप चिसिँदै गएको छ।


