काठमाडौं। सरकारसँग सहमती भएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनका लागि सम्पूर्ण व्यवस्था तत्काल बन्दोबस्त गर्ने लगायत सहमती बनेको छ।

केसी साउन ७ गतेदेखि धनगढीमा अनशन बसेका थिए।


