काठमाडौं। सन् २०२१ मध्यतिर स्पेनिस क्लब बार्सिलोना छाड्दै गर्दा मेस्सी निकै भक्कानिए। १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमी ला मासिया छिरेर, २१ वर्षको यात्रामा मेस्सी जहाँ पुगेका थिए, उनी जति भावुक भए पनि कम हुने थियो।
७ पटक फिफा वर्ष/बेलोन डीअर जित्नु, बार्साका अधिकांश गोल कीर्तिमान उनकै नाममा हुनु, ला लिगादेखि च्याम्पियन्स लिगसम्म हरेक सिजनजसो कीर्तिमानमाथी कीर्तिमान थप्नु, एउटा खेलाडीबाट अपेक्षा गर्न सकिनेजति सबै कुरा मेस्सीले दिएका थिए। त्यसको पछाडि बार्सिलोनाको बलियो टिमलाई विर्सन मिल्दैन जहाँ मेस्सी कोपिला जसरी हुर्किएका थिए, उनलाई त्यसरी माया गरिएको थियो। ५ फिट ७ इन्चको केटोले १७ वर्षकै उमेरमा तहल्का पिट्न थालेको थियो, विश्वास जित्न सुरु गरेको थियो स्पेनदेखि युरोप हुँदै विश्वभर।

स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने धेरै खेलाडी बार्सिलोनाका थिए, सन् २००८ देखि २०१२ बीचमा स्पेनले जितेका दुई युरो कप र एक विश्वकपमा बार्सिलोनाको बलियो प्रभाव थियो जतिबेला मेस्सी आफ्नो प्राइम टाइममा थिए। आन्द्रेस इनियस्टा, जाभी, जेरार्ड पिके, पेड्रो रोड्रिगुएज, कार्लोस पुयोल, सर्जियो बुस्केट्सहरु बार्सिलोना र स्पेन दुवैबाट एउटै शैलीमा खेल्थे- टिकि टाका। यो जेनेरेसनले तयार गर्ने गरेको सेट अपलाई मेस्सीको सफलताबट अलग राखेर हेर्न मिल्दैन।
मेस्सी जसरी बार्सिलोनाबाट खेलेर सफलता प्राप्त गरिरहेका थिए अर्जेन्टिनाका लागि भने संघर्ष गरिरहेका थिए। सन् २०१४ को विश्वकप सहित दुई वर्षको अन्तरमा तीनवटा ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगे तर उपाधि जित्न सकेनन्। सँगै खेल्ने गरेका साथीहरुले युरोकप देखि विश्वकप जितिसक्दा मेस्सीलाई भने समयले गिज्याइरहेको थियो। यति फ्र स्टेड भएकी सन् २०१६ मा अन्तर्राष्ट्रिय फूटबलबाट सन्याश लिने घोषणै गरे। भलै अर्को वर्ष फिर्ता लिए।
बार्सिलोनाबाट विदा हुँदै गर्दा मेस्सीले धन्न सिनियर राष्ट्रिय टोलीका लागि बल्ल बल्ल एउटा प्रतियोगिता चाहिँ जितेका थिए, कोपा अमेरिका सन् २०२१ मै थियो त्यो। उनले बार्सिलोना छाड्दै गर्दा अब उनको १० नम्बर जर्सी कसले लगाउला भनेर चर्चा हुन थालि सकेको थियो। त्यतिबेला ला मासियामा हुर्किरहेका लमिन यमालको उमेर १४ वर्ष पुगेको थियो। सन् २०२३ मा बार्सिलोनाले यमाललाई ला लिगामा अपग्रेड गराएर डेब्यु गरायो, त्यतिबेला उनी १६ वर्षका थिए। अर्को वर्ष सन् २०२४ मा उनि स्पेनको युरो कप खेल्ने टोलीमा समावेश भए। उनले सुरुवातदेखि नै प्रभाव देखाउन थाले।
त्यही बेला हो अहिले फेरी चर्चामा आएको मेस्सीले सानो बच्चा नुहादिरहेको, बोकिरहेको तस्विर भाइरल भएको। यमाल ६ महिनाको हुँदा उनीसँग मेस्सीले एक अन्तर्राष्ट्रिय संस्थाका लागि गराएको फोटो सुट झन्डै १७ वर्षपछि बाहिर आएको थियो। ती बच्चा पछि ला मासियामा आएर बसिरहेका छन् भन्नेबारे उनलाई थाहा थियो की थिएन ? मेस्सीले अहिलेसम्म स्पष्ट पारेका छैनन्। यमाल उक्त युरो कप स्पेनले जित्दा सर्वोत्कृष्ट युवा खेलाडी भए।
ला मासियाबाट ला लिगामा जम्प गरेर जसरी मेस्सीले प्रभाव छाडेका थिए सुरुवाती समयमा ठिक त्यसैगरी यमालले कमाल गरिरहेका छन् बार्सिलोनामा। त्यति मात्र होइन अहिले उनी विगतमा मेस्सीले लगाउँदै आएको १० नम्बरको जर्सी लगाउँछन्, बार्साबाट खेल्दा अझ भनौँ त्यो जर्सी नम्बर उनलाई दिइएको छ। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीले सुरुवाती दिनमा लगाउने गरेको जर्सी नम्बर १९ मै देखिन्छन् यमाल पनि।
यतिबेला एउटा मिठो संयोग के बनेको छ भने स्पेन र अर्जेन्टिना विश्वकपको फाइनलमा भिड्ने तय भएको छ, मेस्सी र यमाल पहिलोपटक मैदानमा आमने सामने हुने भएका छन्। यही बेला फुटबल प्रेमीहरु यी दुईको विगतदेखि वर्तमानसम्म लहरो केलाइरहेका छन्, कोट्याइरहेका छन्।
समकालिन फुटबलमा मेस्सीका प्रतिस्पर्धी रोनाल्डो र उनको टोली पोर्चुगललाई प्रिक्वाटरफाइनलमै विदा गरेका यमाल (स्पेनको टोली) सेमिफाइनलमा उनीसँग आागमी दिनमा प्रतिस्पर्धामा आउने भनेर चर्चा हुने गरेका केलियन एमबाप्पे र उनको टोली फ्रान्सलाई हराउँदै फाइनल पुगेर इतिहासकै सर्वाधिक सफल फुटबलरसँग आमने सामने हुँदैछन्। यो विश्वकपमा बार्साका ८ खेलाडीले स्पेनबाट खेलिरहेका छन

