नेपाल प्रिमियर लिग-एनपीएलका क्रिकेटको यो सिजनका लागि बहु प्रतिक्षित थियो- यसपटक टिकट दर कति हुन्छ भनेर। फ्लडलाइटमा खेल हुने भएकाले टिकटदर बढ्ने अनुमान भइरहेको थियो।
तर कति बढ्छ ? सार्वजनिक नभई भन्न सकिने अवस्था थिएन। अन्तत एनपीएल सुरु हुन केवल ४ दिन बाँकी रहँदा नेपाल क्रिकेट संघ-क्यानले बिहीबार टिकटदर सार्वजनिक गरेको छ।

३ वटा क्याटोगरीमा टिकटदर तयार गरिएको छ जनरल, प्रिमियम र सिजन पास भनेर। जनरलतर्फ प्ले अफ र फाइनलबाहेक टिकटदर ५ सय रुपैयाँ तोकिएको छ। यसको मतबल ५ सय रुपैयाँमा हरेक दिनका खेल हेर्न सकिने छ। यस्तै प्ले अफ र फाइनलका लागि एक हजार रुपैयाँ टिकट दर तोकिएको छ।
प्रिमियमतर्फ तीन प्रकारको टिकटदर छ। ओपनिङ डे र शनिबारका लागि एक हजार रुपैयाँ तोकिएको छ। प्ले अफ र फाइनलका लागि २ हजार रुपैयाँ तोकिएको छ। बाँकी दिनका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै पुरा सिजनका लागि टिकट काट्ने हो भने १५ हजार रुपैयाँ तोकिएको छ जसलाई सिजन पास भनिएको छ। सिजन पास लिएपछि प्रिमियम टिकटधारीका लागि छुट्याइएको ठाउँकै नजिक बसेर खेल हेर्न सकिने छ। एनपीएलको पहिलो सिजनभन्दा यसपटक टिकटदर झन्डै दोब्बर बनाइएको छ।
एनपीएलको पहिलो सिजन टिकटदर कति थियो त्यो हेरौँ। साधारण र भीआईपी गरी दुईवटा प्यारापिट थिए। साधारण प्यारापिटतर्फ उद्घाटन खेलका लागि ३ सय रुपैयाँ तोकिएको थियो।
यस्तै प्ले अफ र फाइनल अघिका खेलका लागि पनि ३ सय रुपैयाँ नै थियो। प्ले अफ र फाइनलका लागि २ सय रुपैयाँ बढाएर ५ सय रुपैयाँ पुर्याइएको थियो। त्यस्तै भीआईपी प्यारापिटतर्फ उद्घाटन खेलका लागि ७ सय रुपैयाँ थियो। प्ले अफ र फाइनल अघिका अन्य खेलका लागि ५ सय रुपैयाँ तोकिएको थियो। प्ले अफका लागि ७ सय र फाइनलका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको थियो।
सिजन पासका लागि साधारण प्यारापिटतर्फ ४ हजार ४ सय ८० र भीआईपी प्यारापिटर्फ ८ सय २ सय ४० रुपैयाँ निर्धारण गरिएको थियो। यसपटक दर्शकका लागि कम्तिमा दुईवटा फरक अनुभव हुनेछन्। उनिहरुले कुर्सीसहितको प्यारापिटमा बसेर खेल हेर्न पाउनेछन्। दोस्रो र अझ महत्वपूर्ण फ्लड लाइटमा पनि खेल हेर्न पाउनेछन्।
त्रिवि क्रिकेट मैदानमा यो वर्ष १० हजार दर्शक अट्ने प्यारापिट बनाइएको छ। टिकट काटेका दर्शकहरुले यही प्यारापिटमा बसेर खेल हेर्ने छन्। यही प्यारापिटको एक भागलाई प्रिमियम टिकट र सिजनल पासका लागि छुट्याइएको छ जसको सिट क्षमता ११ सय २४ रहेको छ। प्रिमियम टिकका लागि ६ सय १२ र सिजनल पासका लागि ५ सय १२ सिट छुट्याइएको छ। हरेक दिन ८ हजार ८ सय ७६ वटा सिट जनरलतर्फ छुट्याइएको छ।
दर्शकले यसपटक पनि खेल हेर्नका लागि टिकट खल्तीबाट लिन सक्नेछन्। फिजिकल्ली टिकट विक्री हुने छैन।
एनपीएलका खेलहरु कुल २३ दिन सन्चालन हुनेछन्। लिग चरणमा १० दिन एक एक वटा खेल हुनेछन्। प्ले अफ र फाइनलमा हरेक दिन एक एक खेल हुनेछन्।
यदी हरेक दिन प्यारापिट फुल भयो, जनरल, प्रिमियम र सिजनल टिकट सोल्ड आउट भयो, क्यानले कति पैसा कमाउँला त्यसको हिसाब गरौँ न। हामीले केही बेर मिहिन तरिकाले क्यालकुलेटर दाब्दै हिसाब निकाल्यो। अंक निस्कियो १४ करोड ५२ लाख ५४ हजार रुपैयाँ।
यो त रंगशाला पुगेर खेल हेर्ने दर्शकबाट उठ्ने पैसाको हिसाब भयो। यसपटक नेपाल प्रिमियर लिग निशुल्क हेर्न पाइने छैन। ओटीटी प्लेटफर्मबाट पैसा तिरेर मात्र टेलिभिजनमा हेर्न सकिने छ। यसको हिसाब अहिले नै निकाल्न गाह्रो हुन्छ।
क्यानले यसपटक निर्धारण गरेको टिकटदर ठिकै हो की महँगो, कृपया कमेन्ट गर्न नभुल्नु होला। के यसपटक हरेक खेल प्यारापीट फुल हुन्छ, त्यो पनि लेख्न नभुल्नु होला।र



