काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमती भएको १२ दिनमै कुलमान घिसिङ अलग भएका छन्। रास्वपाले एकता भंग भएको बताएपछि उज्यालो नेपालले कुलमानलाई पार्टी अध्यक्ष बनाएको छ।
यसअघि उनकै अगुवाईमा उज्यालो नेपाल दर्ता भएपनि पार्टीमा उनि कुनै भूभिकामा थिएनन्। रास्वपा र उज्यालो नेपालबीच एकता गर्ने सहमति भएको थियो। तर पदाधिकारी, पार्टीको नामलगायत विषयमा सहमती नभएपछि कुलमान बाहिरिएका हुन्।

कुलमानले अब उज्यालो नेपालले एक सय ६५ वटै निर्वाचन क्षेत्रबाट उमेद्ध्वार उठाउने बताएका छन्।



