काठमाडौं। भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ।
बुधबार भएको सेमिफाइनलमा साविक विजेता बंगलादेशले नेपाललाई २-१ गोलले हरायो। नेपाल यसअघि साफ च्याम्पियनसिपका हालसम्म आयोजना भएका सबै ७ संस्करणमध्ये ६ वटामा फाइनल पुगेको थियो।

सेमिफाइनलबाट बाहिरिएको केवल दोस्रोपटक हो। पछिल्ला लगातार दुईवटा फाइनलमा बंगलादेशले नै नेपाललाई हराएको थियो, दशरथ रंगशालामा।
बुधबार सुरुवाती अग्रता लिएपनि नेपालले जोगाउन सकेन। पहिलो हाफमा गिता रानाले नेपालका लागि गोल गरेकी थिइन्। दोस्रो हाफमा रितुपोर्ण चक्माले कर्नरबाट सिधै गोल गर्दै खेल बराबरीमा ल्याइन्। इन्जुरी समयमा बंगलादेशले विजयी गोल गरेको थियो।

