काठमाडौै। ५ पटकको विजेता ब्राजिलसँगै मोरक्को, मेक्सिको अपराजित रहँदै नकआउट चरण पुगेका छन्। बिहीबार बिहान भएका खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० गोलले हरायो। समूहमा ब्राजिल २ जित र एक बराबरीसहित ७ अंक जोडेर विजेता बन्दै अगाडि बढेको हो।
सोही समूहको अर्को खेलमा हैटीलाई ४-२ गोलले हराएर मोरक्को पनि ७ अंकसहित अपराजित रहेर अगाडि बढ्यो।

चेक गणतन्त्रलाई ३-० गोलले हराएर मेक्सिको शत प्रतिशत जितसहित अगाडि बढेको छ। मेक्सिकोले ३ खेलबाट ९ अंक जोडेको छ। दक्षिण कोरियता १-० गोलले हराएर दक्षिण अफ्रिका एक जित, एक हार र एक बराबरीसहित नकआउट चरण पुगेको छ।
यस्तै क्यानडालाई हराएर स्विट्जरल्यान्ड दुई जित र एक बराबरीसहित ७ अंक जोडेर समूहको विजेता बन्यो। हारेपनि क्यानडा उपविजेता बनेर नकआउट चरण पुगेको छ।

