काठमाडौं। करिब ५ लाख जनसंख्या भएको र पहिलोपटक विश्वकप खेलिरहेको अफ्रिकी टोली केप भर्डे नकआउट चरण पुगेको छ।
शनिबार बिहान साउदी अरबसँग गोलरहित बराबरी खेलेर केप भर्डै अगाडि बढेको हो। अब उसले अन्तिम ३२ को भिडन्तमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ।

केप भर्डेले पहिलो खेलमा स्पेन र दोस्रो खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो। सुरुका दुई खेलमा बराबरीमा रोकिएको उरुग्वे शनिबार बिहान स्पेनसँग १-० गोलले पराजित भएर बाहिरिएको छ।
यता स्पेन भने ७ अंकसहित अपराजित रहेर अगाडि बढ्यो।
यता नकआउट चरणमा फ्रान्सले स्वीडेन र नर्वेले आईभरिकोस्टसँग खेल्ने भएका छन्। सुरुका दुई खेलमा जित हात पारेको नर्वेले शनिबार बिहान फ्रान्ससँग ४-१ गोलको हार ब्यहोर्यो। फ्रान्स समूहका तीनवटै खेलमा विजयी भयो।

