काठमाडौं। सन् २०१० को विश्वकपमा जाभीसहितको स्पेन फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। नेदरल्यान्ड्स भने तेस्रोपटक पटक विश्वकपको फाइनल पुगेर उपविजेतामै सिमित भयो। विश्वकपमा हरेकपटक उपाधि दावेदार भएर हालसम्म विश्व विजेता बन्न नसकेको नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक बनेर बार्सिलोनाका लिजेन्ड मिडफिल्डर जाभी हर्नान्डेज पुगेका छन्।
उनी सन् २०३० सम्म डच टोलीको प्रशिक्षक रहनेछन्। यसबीचमा नेदरल्यान्ड्सले आफ्नो अ भागी छवी फेर्ने विश्वास उनिहरुका समर्थकको छ। जाभी अन्तिमपटक बार्सिलोनाको प्रशिक्षक थिए, २०२४ सम्म। त्यसयता उनी प्रशिक्षकको जिम्मेवारीमा थिएनन्।

यहाँ उल्लेखनीय के छ भने जाभी नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक हुने ४८ वर्षयताकै पहिलो विदेशी हुन्। यसअघि सन् १९७८ मा अन्तिमपटक नेदरल्यान्ड्समा विदेशी प्रशिक्षक थिए Austrian Ernst Happel का रुपमा। त्यस वर्ष नेदरल्यान्ड्स विश्वकपको फाइनलमा पुगेर पनि उपाधि भिडन्तमा पराजित भ एको थियो अर्जेन्टिनासँग।
४६ वर्षीय जाभीले खेलाडीका रुपमा दुईपटक युरो कप पनि जितेका थिए। उनीसहितको स्पेनिस गोल्डेन जेनेरेसनले सन् २००८ देखि २०१२ को बीचमा लगातार दुईपटक युरो कप र एकपटक विश्वकप जितेको थियो। जाभी बार्सिलोनाको ला मासियाका उत्पादन हुन्।
गत जुलाईमा भएको विश्वकपमा नेदरल्यान्ड्स मोरक्कोसँग टाइब्रेकरमा पराजित भएर अन्तिम ३२ बाटै बाहिरिएपछि प्रशिक्षक Ronald Koeman ले राजिनामा दिएका थिए। नेदरल्यान्ड्सले ठुलो उपाधिका रुपमा युरो कप जितेको छ एकपटक, सन् १९८८ को संस्करण


