काठमाडौं। नेपाल उधोग वाणिज्य महासंघको खेलकुद तथा मनोरञ्जन समितिमा लि निङ नेपालका सीईओ राजन महर्जन नियुक्त भएका छन्।
खेलकुदमा उनको लामो अनुभव र सक्रियताको पृष्ठभूमीमा एफएनसिसीआईले महर्जनलाई समिती सदस्यमा नियुक्त गरेको हो। महर्जन पूर्व खेलाडी पनि हुन् र हाल ललितपुरको गोदावारी उधोग वाणिज्य संघका अध्यक्ष रहेका छन्।

उनी आबद्ध रहेको लि निङ नेपालले नेपालका विभिन्न खेल संघ र खेलाडीहरुलाई प्रायोजन गरिरहेको छ।




