काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २ सय ११ रनमा सिमित भयो।
क्यानडाविरुद्ध नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी र नन्दन यादबले २/२ विकेट लिए। त्यसअघि नेपालको पालीमा रोहित पौडेलले एक सय एक रन बनाएका थिए। गुल्सन झाले ४८ र बासिर अहमदले ३० रन बनाएका थिए।

यो जितपछि नेपाल ३३ खेलबाट २६ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३४ खेल खेलेको क्यानडाको २५ अंक रहेको छ।




