काठमाडौं। नेपालले विश्वकप लिग-२ अंक तालिकाको शीर्ष ६ भित्र स्थान बनाउन अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने भएको छ। ओमानमा भइरहेको अन्तिम शृंखलाको पछिल्लो खेलमा क्यानडासँग पराजित भएपछि नेपाल निकै दबाबमा देखिएको छ।
शृंखलामा नेपालले सुरुका दुई खेल जितेकामा तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएको थियो। विश्वकप लिग-२ को शीर्ष ६ टोलीले सोझै एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने चर्चा छ तर आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन।

३५ खेलबाट नेपालको २८ खेल छ। सबै ३६ खेल खेलिसकेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा रहेको छ।




