Author: एनआरएन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका प्रतिनिधिहरुसँग छलफल गर्दै सभापति लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् । निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि सभापति लामिछानेले भने– ‘निजीक्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’ सोही क्रममा सभापति लामिछानेले केही व्यवसायीहरु तथा पात्रहरुले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा…

Read More

काठमाडौं : सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अवैध तथा अस्वाभाविक सम्पत्तिमाथि कडाइ गर्दै व्यापक छानबिन प्रक्रिया सुरु गरेको छ। पूर्व न्यायधिश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित आयोगले छानबिन गरिरहेको छ। गत २ वैशाखमा मन्त्रिपरिषद्ले सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा तत्कालीन पुनरावेदन अदालत (हाल उच्च) का पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, सर्वोच्चकै पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग, २०८३ गठन गरिएको छ । आयोगका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ को…

Read More

काठमाडौँ। सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ । शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता,वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो । विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधिलगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाईएको छ ।…

Read More

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्तिनेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष,…

Read More

काठमाडौं। विश्वकप लिग-२ मा नेपालले ८ औँ जित हात पारेको छ। घरेलु मैदानमा भइरहेको शृंखलाअन्तर्गत शुक्रबार नेपालले यूएईमाथी ६ रनको जित हात पार्‍यो। पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन जोडेको थियो। दीपेन्द्रसिंह ऐरीले एक सय रन जोडे। विनोद भण्डारीले ४६ र गुल्सन झाले ४४ रन जोडे। यस्तै रोहित पौडेलले पनि ३९ रन जोडे। यूएईले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो। त्यसपछि १४६-२ को स्थितीमा रहेको यूएई एकाएक १६८-६ स्थितीमा पुगेको थियो। त्यसपछि यूएईले सातौँ विकेटका लागि ७६ रनको साझेदारी गर्‍यो। आठौँ नम्बरमा ब्याटिङमा आएका खुजैमा तनविरले ४९ रन जोडे। यूएईलाई…

Read More

काठमाडौं। नेपाल उधोग व्यवशायी महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रि इन्सुरेन्सको पैसा अवैध रुपमा शेयर खरिदमा लगेको प्रकरणमा गोल्छा पक्राउ परेका हुन्। उनी उक्त इन्सुरेन्सका तत्कालिन अध्यक्ष हुन्। दीपक भट्टले इन्सुरेन्सको रकम लगेर दोस्रो बजारको शेयर खरिदमा लगाएको खुलेपछि अध्यक्षका हैसियतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गोल्छालाई पक्राउ गरेको हो। शेखर, गोल्छा समूहका अध्यक्ष पनि हुन्।

Read More

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजिनामा दिएका छन्। विचौलिया कनेक्सन र सम्पत्ती स्रोत विवादलाई लिएर उनले राजिनामा दिएको घोषणा गरेका छन्। यसअघि श्रीमती नियुक्ती विवादमा बालेन सरकारका श्रम मन्त्री दीपककुमार शाहलाई जिम्मेवारीबाट पार्टीले फिर्ता बोलाइएको थियो। सुदनले भने पार्टीले कुनै निर्णय लिनु अघि नै आफै राजिनामा दिएका हुन्। जेनजी आन्दो लनपछि रातारात राजनीतिक दृश्यमा देखिएका सुदनले त्यसपछि जेनजी नेताका रुपमा सेनादेखि अन्तरिम सरकार गठनमा समन्वय गरेका थिए। प्रतिनिधि सभाको पूर्व सन्ध्यामा उनको समन्वयमा बालेन समूह र रास्वपाबीच एकता भएको थियो। अन्तिम समयमा उनी आफैपनि रास्वपा प्रवेश गरेर गोरखाबाट चुनाव उठेका थिए। सहजै चुनाव जितेका गुरुङ बालेन सरकारमा गृह मन्त्री बने।…

Read More

काठमाडौं। नेपालले यूएईसँगको २ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला बराबरी गरेको छ। दोस्रो खेलमा ८ विकेटको जित हात पार्दै नेपालले शृंखला बराबरी गरेको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेल नेपालले ६ विकेटले हारेको थियो। मंगलबार साँझ त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै यूएईलाई एक सय २८ रनमा सिमित गरेको थियो। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ६ रन खर्चिएर ३ विकेट लिए। नेपालले २५ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। नेपालको जितमा कुशल भुर्तेल एक्लैले ८४ रन जोडे। उनले ५७ बलमा २ छक्का र १२ चौका प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले २३ र कुशल मल्लले १९ रन जोडे।…

Read More

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक-एसएसपी कमल थापाको रचनामा एक साताको अन्तरमा दुईवटा गित सार्वजनिक भएका छन्। ‘पहाड की रानी’ बोलको गित गत साता सार्वजनिक भएको थियो। KASS Music युट्युब च्यानलबाट केही दिनअघि उक्त गित अपलोड गरिएको थियो। गितमा पूर्वी पहाडी जिल्ला इलामको सुन्दरता सुन्दर तरिकाले वर्णन गरिएको छ। गितमा नेपाल आईडल विजेता करण परियारको स्वर रहेको छ। संगित संयोजन ताराप्रकाश लिम्बुले गरेका छन्। त्यसको एक साता अघि मात्र समिर खरेलको स्वर रहेको ‘पछ्यौरी’ बोलको गित पनि सोही युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एसएसपी थापाले संगित आफ्नो रुचीको विषय भएकाले फुर्सदका समयमा गरिएका सृजनाहरुलाई बाहिर ल्याएको बताए। ‘दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया…

Read More

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिए। छलफलका क्रममा उपकुलतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताए। प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे। उहाँले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा…

Read More