काठमाडौं। प्रहरीबाटै बलात्कारजस्तो गम्भिर अपराधमा आरोपितसँग भइरहेको सोधपुछको भिडियो खिचेर सार्वजनिक भएपछि यसले गम्भिर प्रश्न उठाएको छ।
बारामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका १६ वर्षीय बालकसँग स्वास्थ्यकर्मीले गरिरहेको भिडियो प्रहरीले खिचेर सार्वजनिक गरेका थिए।

यसले सडकदेखि संसदसम्म कुरा उठेको छ। सत्तारुढ रास्वपाकै सांसद तथा पार्टी महामन्त्री विपिन आचार्यले यो गम्भिर विषय भएको बताए। उनले समाजलाई कता लैजान लागेको भन्दै प्रश्न समेत गरेका छन्।
यो घटनामा भिडियो खिचेर बाहिर ल्याउने प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ। सार्वजनिक भएको भिडियोमा अन्य प्रहरीले पनि भिडियो खिचिरहेको देखिन्छ। सादा पोसाकमा रहेका व्यक्तीले पनि भिडियो खिचिरहेको देखिन्छ।
तर बाहिर एउटाबाहेक भिडियो आएको छैन। भिडियोमा आरोपी किशोरले घटना कसरी घटाएका थिए भनेर विना पश्चाताप वेलिविस्तार लगाइरहेको देखिन्छ।


