


Author: एनआरएन
काठमाडौँ। दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीन दिने विशेष सांगीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारहरूको हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ।क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान…
काठमाडौं। नेपालले सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटको उपाधि जितेको छ। सोमबार भएको फाइनलमा नेपालले हङकङलाई D/L बाट १९ रनले हरायो। १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर एक सय १४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र निर्णय D/L बाट लिइयो। नेपालका कुशल भुर्तेलले ६५ र रोहित पौडेलले ३५ रन बनाए। यसअघि समूहमा विजेता बनेको नेपालले सेमिफाइनलमा ओमानलाई हराएको थियो।
काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा लिपुलेक,लिम्पियाधुरा नेपालकै भएको दोहोर्याएका छन्। स्वेदश फर्कनु अघि आइतबार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ती भूभाग नेपालको भएकाले भारत र चीनले नेपालको सहमतीविना सम्झौता गर्न नसक्ने बताए। यसअघि मानसरोबर यात्राका लागि उक्त मार्ग प्रयोग गर्ने दुई देशको सहमतीपछि नेपालले दुवै देशलाई कुटनीतिक नोट पठाइसकेको छ। भारतले भने नेपालको दावी नपुग्ने बताउँदै आएको छ।
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरे। कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई…
काठमाडौं- शसस्त्र प्रहरी बल-एपीएफले नेपाल भित्रिएका चिनियाँ कम्पनी बीवाईडीका ७७४ गाडी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा चिनियाँ कम्पनी बीवाईडीका गाडी शसस्त्रले नियन्त्रणमा लिएको छ। बीवाईडीको नेपाल वितरक साइमेक्स इंकले ती गाडी भित्र्याएको थियो। बजेटमा कर बढ्ने सूचना पाएर साइमेक्स इंकले कागजमा मात्र जाँचपास गराएको आरोप लागेको छ। गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएकाे र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेकाे सशस्त्र प्रहरीले जनाएको छ। बजेटमा करका दर हेरफेर हुने सूचना पहिले प्राप्त गर्दा साइमेक्स इंकले गाडीहरु पहिल्यै ल्याएको आशंका गरिएको छ। साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा…
काठमाडौं। छनोट प्रतियोगितामा शानदार जितसहित नेपाल आगामी एसियन गेम्स पुगेको छ। सिंगापुरमा भएको छनोटअन्तर्गत पहिलो खेलमा पहिलो खेलमा चिनलाई २ सय २१ रनले हराएको नेपालले दोस्रो खेलमा बिहीबार मलेसियामाथी एक सय ६७ रनको जित हात पार्यो। यी दुवै खेलमा ओपनर कुशल भुर्तेलले सतक बनाए। उनी टी-२० अन्तर्राष्ट्रियका लगातार खेलमा सतक बनाउने पहिलो नेपाली ब्याटर हुन्। मलेसियाविरुद्ध नेपालले २ सय ७६ रनको लक्ष्य दिएको थियो। कुशलले ५४ बलमा १ सय २६ रन बनाए। मलेसिया १ सय ८ रनमा सिमित भयो। नेपालका शेर मल्लले तीन तथा करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने , दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक एक विकेट लिए।
काठमाडौं। चर्चित टिकटकर तथा तुल्सा कलेक्सनकी सन्चालक तुल्सा अधिकारी कारागार चलान भएकी छिन्। ललितपुर जिल्ला अदालतले बिहीबार तुल्सालाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध झन्डै २१ करोड सम्पत्ती शुद्धिकरणको आरोप छ। उनीविरुद्ध एक व्यक्तीले आफुलाई बला्त्कार कसुरमा फसाई दिने भनेर झन्डै साढे ४ करोड रुपैयाँ लिएको आरोप पनि लगाएका थिए। प्रहरीले इन्टर पोलको सहयोगमा उनलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको हो।
काठमाडौं। नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् । डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ ।…
काठमाडौं। भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा साविक विजेता बंगलादेशले नेपाललाई २-१ गोलले हरायो। नेपाल यसअघि साफ च्याम्पियनसिपका हालसम्म आयोजना भएका सबै ७ संस्करणमध्ये ६ वटामा फाइनल पुगेको थियो। सेमिफाइनलबाट बाहिरिएको केवल दोस्रोपटक हो। पछिल्ला लगातार दुईवटा फाइनलमा बंगलादेशले नै नेपाललाई हराएको थियो, दशरथ रंगशालामा। बुधबार सुरुवाती अग्रता लिएपनि नेपालले जोगाउन सकेन। पहिलो हाफमा गिता रानाले नेपालका लागि गोल गरेकी थिइन्। दोस्रो हाफमा रितुपोर्ण चक्माले कर्नरबाट सिधै गोल गर्दै खेल बराबरीमा ल्याइन्। इन्जुरी समयमा बंगलादेशले विजयी गोल गरेको थियो।
काठमाडौं। भारत र नेपालबीचको सिमा विवादमा बेलायतलाई संलग्न गराउनुपर्ने आफ्नो अभिव्यक्तीका कारण प्रधानमन्त्री बालेन्द्र शाह बालेन अप्ठेरोमा परेका छन्। भारतले बालेनको उक्त भनाईको कडा प्रतिवाद गरेको छ। दुई देशबीचको विवादमा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको भारतले स्पष्ट पारेको छ। बालेनले जेठ १७ गते संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै भारतले मिचेको लिपुलेक,लिम्पियाधुरा र कालपानी फिर्ता ल्याउने सम्बन्धमा उक्त जवाफ दिएका थिए। भारतले उक्त भूभागमा कुनै समस्या नरहेको दावी गर्दै आएको छ। पहिलोपटक संसदमा आएर बोलेका प्रधानमन्त्री बालेन यतिबेला विवादमा छन्। उनले संसदमा बोलेको ‘नेपालले पनि भारतको भूभाग मिचेको रहेछ’ अभिव्यक्तीलाई लिएर उनले माफी माग्नु पर्ने भन्दै विपक्षीहरुले संसदमा अवरोध गरिरहेका छन्।
