काठमाडौं। जेनजीहरुको अगुवाईमा नेपालमा वैकल्पिक शक्तिहरुको बलियो एकता बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनपछि कुलमान घिसिङलाई पनि भित्र्याएको छ।
कुलमानको उज्यालो नेपाल पार्टी र रास्वपाबीच सोमबार एकिकरण भएको छ। कुलमान रास्वपा उपसभापती र दोस्रो वरियताको नेता बनेका छन्। कुलमानलाई भित्र्याएसँगै बालेन रास्वपामा तेस्रो वरियताको नेता बनेका छन्।

यसअघि रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उमेद्ध्वार बनाउने गरी भित्र्याएको थियो।



