



Author: एनआरएन
काठमाडौं । नेपालमा करिब ६० हजार गैह्र सरकारी संस्था दर्ता रहेको पाइएको छ। तीमध्ये १० हजार जति मात्र सक्रिय रहेको नियमनकारी निकाय समाज कल्याण परिषद्ले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले हालसम्म करिब ६० हजार एनजीओ आबद्ध रहेको जानकारी दिए। तर करिब १० हजार मात्रै सक्रिय रहेको उनको भनाई थियो। करिब २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड भएपनि हाल १ सय ३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेको परिषद्ले जनाएो छ। ‘समाज…
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सीईओहरुसँग छलफल गरेका छन्। मन्त्री वाग्लेले छलफलमा अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि स्पष्ट पारे। ‘अर्थतन्त्रको…
काठमाडौं : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो।छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरुको धारणा थियो। व्यवसायीहरुले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण…
काठमाडौं। सुनसरीको कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। काठमाडौंमा उपचार भइरहेका २१ वर्षीय रविन्द्रकुमार मेहताको मृत्यु भएको छ। यसअघि २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। उनिहरु तीनै जना देवानगन्ज-३ कप्तानगन्ज निवासी हुन्। साउन १० गते राति गोली लागेर एक जनाको तत्कालै र बाँकी २ को उपचाका क्रममा मृत्यु भएको थियो। झन्डै एक दर्जनलाई गोली लागेको थियो। हिन्दु र मुस्लिमका दुई समूहबीच भएको विवाद भएको थियो। विवादबीच मुस्लिम समूह हटिसकेको अवस्थामा हिन्दु समूह र प्रहरीबीच विवाद हुँदा गोली चलेको थियो। सोही घटना फैलँदै धार्मिक द्धन्द्धको रुप लिँदा सिराहाको गोलबजारमा पनि एक जनाको…
काठमाडौं। नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलले मंगलबार बिहान प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भेटेका छन्। रास्वपा सांसद राजुनाथ पाण्डे नेतृत्वमा गोकर्णेश्वरस्थित सेनाको ब्यारेक जोडिएको पर्खाल जब र्जस्ती भत्का एको घटना वि वादित बनिरहेका बेला नेपाली सेनाका प्रमुख सिग्देलले बालेनलाई सिंहदरबार पुगेर भेटेका हुन्। भेट के विषयमा केन्द्रित थियो भन्नेबारे नेपाली सेना र प्रधानमन्त्री कार्यालय दुवैले औपचारिक रुपमा केहीपनि बताएका छैनन्। यतिबेला सांसद पाण्डेले सैनिक अधिकारीसँग गरेको व्यवहार र जबर्जस्ती सैनिक ब्यारेकको पर्खाल भत्काइएको घटनाको सर्वत्र आलोचना भइरहेको छ। हालै मधेशमा चर्किएको धार्मिक द्धन्द्धमा पनि नेपाली सेनाले फिल्डमा उत्रिएर भूमिका निभाएको थियो।
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्वमा इश्वर लामा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा लामाले ७७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनालाई पराजित गरेका हुन्। तिमिल्सिनाले ४२ मत प्राप्त गरे। लामाको नेतृत्वमा अधिकांश पदमा उनकै प्यानलका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन परिणामसँगै नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, संस्थागत पारदर्शिता र सुरक्षित व्यवसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार खड्का, प्रथम उपाध्यक्षमा केशव कासुला र द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्वाचित भएका छन्। सचिवमा रामप्रसाद तिमिल्सिना, सहसचिवमा पुरुषोत्तम रेग्मी, कोषाध्यक्षमा यसु प्रधान र सह–कोषाध्यक्षमा…
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सहसचिव पुष्पराज भट्टराईलाई प क्राउ गरेको छ। भट्टराईविरुद्ध राहदानी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएकाले उनलाई पक्रा उ गरेर अदालत उपस्थित गराइएको सीआईबी प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए। भट्टराईले तिब्बती नागरिकलाई ट्राभल डकुमेन्ट बनाएर गैह्र कानुनी काम गरेको भन्दै सीआईबीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले एक साता अघि अभियोग पत्र दायर गरेको थियो।
काठमाडौं : गत वर्षको तुलनामा यो वर्षको जुलाईमा थोरै मात्रामा नेपाल आउने पर्यटक बढेका छन्। सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए अर्थात गत वर्ष भन्दा यो वर्ष जुलाईमा २.३ प्रतिशत बढी विदेशी पर्यटन नेपाल आएका छन्। धेरै आउनेमा भारतीय अगाडि छन्। भारतबाट २३ हजार ४९० जना र चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल…
काठमाडौं। मेडिकल व्यवशायी दुर्गा प्रसाई फेरी पक्राउ परेका छन्। भक्तपुर प्रहरीले आइतबार राती उनलाई निवासबाटै नियन्त्रणमा लिएको छ। त्यसअघि प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हालै तराई क्षेत्रमा भड्किएको धार्मिक हिंसाबारे बोलेका थिए। उनले सरकार र प्रहरी नेतृत्वमाथी प्रश्न उठाएका थिए। सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप उनिमाथी लगाइएको छ। बोलेकै आधारमा यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए।
काठमाडौँ । अमेरिकाले पर्यटक तथा व्यवसायिक भिसाका लागि नेपालसहित ५० देशमा लागु हुने गरी कडा नयाँ नियम ल्याएको छ। बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर (करिब ३० लाख)सम्मको धरौटी (बन्ड)राख्नुपर्ने हुनेछ। अल्जेरिया, अंगोला, एन्टिगुआ एन्ड बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, केप भर्ड, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, आइभोरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, इथियोपिया, फिजी, गाबोन, गाम्बिया, जर्जिया, ग्रेनाडा, गिनी,गिनी–बिसाउ,किर्गिज गणराज्य, लेसोथो, मलावी, मौरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुआ, नाइजेरिया, पपुवा न्यू गिनी,साओ टोमे एन्ड प्रिन्सिपे,सेनेगलका हकमा उक्त नियम लागु हुने छ। यस्तै सेसेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो,टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, टुभालु,युगान्डा, भानुआटु,…