Author: एनआरएन

विश्वकप इतिहासमा क्यानडाले पहिलो जित हात पार्‍यो, कतारलाई ६-० गोलले हराउँदै। कतार ३३ औँ मिनेटमा १० खेलाडी र ५३ औँ मिनेटमा ९ खेलाडीमा सिमित भएको थियो। क्यानडाका जोनाथन डेभिडले ३ तथा कायल लारिन र नाथन सालिबाले एक एक एक गोल गरे। एक गोल कतारका खेलाडीबाट आत्मघाति भयो। क्यानडाले १६ औँ मिनेटमा अग्रता लिएको थियो। जोनाथनले २९ औँ मिनेटमा व्यक्तिगत खाता खोलेका थिए। उनले पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। जारी प्रतियोगितामा लियोनल मेस्सीपछि उनी ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। जोनाथन युभेट्न्सबाट व्यावशायीक फुटबल खेल्छन्। क्यानडा तेस्रोपटक विश्वकप खेलिरहेको छ। पहिलोपटक सन्…

Read More

काठमाडौं। विशेष अदालतले व्यवसायीद्धय दीपक भट्ट र सुलभ अग्रवालाई थुनामा पठाउने आदेश गरेको छ। उनिहरु डिल्लीबजार कारागार चलान भएका छन। उनीहरुलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । भट्ट र अग्रवालमाथिसेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ। भट्ट र अग्रवाल दुवैमाथी जनहीँ २५ अर्ब रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

Read More

काठमाडौं। लुकास जिदानले सम्हालेको अल्जेरियाको गोल पोस्टमा बुधबार बिहान लियोनल मेस्सीले तीन गोल गरेपछि यी गोलकिपर जिनेदिन जिदानका आफन्त हुन् की क्या हो भनेर खोजेको ठ्याक्कै छोरा पो रहेछन्। यति महान् खेलाडीका छोराले खेल्न किन अल्जेरिया रोजे होलान् ? लागेर यसो गुगल गर्न थालेको कहानी त रोचक रैच। जिनेदिन जिदान जन्मनुभन्दा अगावै उनको परिवार अल्जेरियाबाट बसाई सरेर फ्रान्स आएको रहेछ। उनले पनि चाहेको भए अल्जेरियाको प्रतिनिधित्व गर्न सक्थे तर फ्रान्सबाटै खेले, विश्वकप जिते, बेलोन डीअर हात पारे। १७ वर्षकै उमेरमा भेट भएकी प्रेमिकासँग पछि विवाह गरे। उनिहरुका चार सन्तानका रुपमा चार जना छोरा भए। जिदानले सन् २००१ देखि ५ वर्ष…

Read More

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा इङ्ल्यान्डले क्रोएसियालाई ४-२ गोलले हराएको छ भने पोर्चुगलः ५२ वर्षपछि विश्वकप खेलिरहेको डीआर कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। इङ्ल्यान्डको जितमा हेरि केनले दुई तथा जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक एक गोल गरे। दुईपटक पछाडि परेको क्रोएसिया २-२ गोलको बराबरीमा पुगेपनि त्यसपछि इङ्ल्यान्डले लगातार दुई गोल थपेको थियो। केनले १२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। मार्टिन बातुरिनाले २६ औँ मिनेटमा क्रोएसियालाई बराबरीमा पुर्‍याए। केनले ४२ औँ मिनेटमा पुन अग्रता दिलाए। पिटर मुसाले पहिलो हाफको इन्जुरी समयमै खेल बराबरीमा ल्याए। तर दोस्रो हाफमा इङ्ल्यान्डले दबाब बढायो। बेलिङ्घमले ४७ र रासफोर्डले ८५ औँ…

Read More

काठमाडौं। विश्वकप २०२६ अन्तर्गत अहिलेसम्मका खेलहरु हेर्ने हो भने अपेक्षा गरिएका अधिकांश स्टार खेलाडीहरु पहिलो खेलमै चम्किएका छन्। पछिल्लो समय क्लब फुटबलमा गोल मेसिनको छवी बनाइरहेका फ्रान्सका केलियन एमबाप्पेदेखि नर्वेका एर्लिङ हालान्डसम्म सुरुवाती खेलमै छाएका छन्। बुधबार बिहान भएका खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले हराउँदा एमबाप्पेले २ गोल गरे। यस्तै नर्वेले इराकलाई ४-१ गोलले पराजित गर्दा हालान्डले पनि २ गोल गरे। यी दुईको प्रदर्शनले विश्वकपलाई तताइरहेका बेला बुधबार नै भएको साविक विजेता अर्जेन्टिना र अल्जेरियाबीचको खेललाई नयाँ उचाई दिएको छ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले यो खेलमा ह्याट्रिक गरे। उनले गरेका तीनवटा शानदार गोलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोलले हरायो। जारी विश्वकपमा…

Read More

काठमाडौं। लियोनल मेस्सिको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ। अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३-० गोलले हरायो। अल्जेरियाविरुद्ध मेस्सीले 17, ६० र ७६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। यस्तै मेस्सीको विश्वकप करियरको पनि पहिलो ह्याट्रिक। उनले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पनि बराबरी गरे। मेसी यो खेलमा ७९ औँ मिनेटमा सब्स्टिच्युट भए।

Read More

काठमाडौंं। एर्लिङ हालान्ड र केलियन एमबाप्पेको शानदार प्रदर्शनपछि नर्वे र फ्रान्सले विश्वकप फुटबलमा गतिलो सुरुवात गरेका छन्। बुधबार बिहान भएका खेलमा फ्रान्सले सेनेगललाई ३-१ तथा नर्वेले इराकलाई ४-१ गोलले हराए। हालान्ड र एमबाप्पे दुवैले २/२ गोल गरे। फ्रान्स र सेनेगलबीच भएको खेलमा चारवटै गोल दोस्रो हाफमा भएका थिए। एमबाप्पेले ६६ औँ मिनेटमा खाता खोले। बार्कोलाले ८२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। इन्जुरी समयमा एमबाप्पे र सेनेगलका १८ वर्षे इब्राहिम एम्बायले गोल गरेका थिए। विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा एमबाप्पेले १४ गोलसहित मेस्सीलाई पछाडि पारेका छन्। मेस्सीको १३ गोल छ। यस्तै फ्रान्सको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनको ५८ गोल पुगेको…

Read More

काठमाडौं। लियोनल मेस्सीले विश्वकप जित्न १७ वर्ष कुर्नु पर्‍यो, अनि अर्जेन्टिनालाई ३६ वर्ष लाग्यो फेरी विश्व विजेता हुन। बल्ल बल्ल, ४ वर्षअघि विश्व विजेता बन्ने सपना पुरा गरेका लियोनल मेस्सी के फेरी एकपटक विश्व विजेता बन्छन् त ? के अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गर्छ त ? यतिबेला धेरै फुटबल प्रेमीको चासो छ। यस्तै अनुमान र अड्कलबाजीका प्रश्नहरुबीच मेस्सी नेतृत्वको अर्जेन्टिनाले बुधबार बिहान विश्वकप यात्रा थाल्दै छ, अफ्रिकन टोली अल्जेरियासँग प्रतिस्पर्धा गरेर। मेस्सीको कप्तानीमा अर्जेन्टिना सन् २०१४ मा फाइनलसम्म पुगेको थियो, जर्मनीले उपाधि जित्न दिएन। त्यतिबेला मेस्सीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जितेका थिए। फेरी मेस्सीकै कप्तानीमा अर्जेन्टिना अघिल्लो संस्करणमा…

Read More

काठमाडौं। ई-पासपोर्ट खरिद घोटालामा पासपोर्ट विभागका महानिर्देशक तिर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अर्याललाई मंगलबार नियन्त्रणमा लिएको छ। सेटिङमा टेन्डर खुलाएको र आफूले चाहेको कम्पनीलाई टेन्डर पारेको आरोप उनिलगायत माथी छ। यो प्रकरणमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवार पनि जोडिएको बताइन्छ। आर्जु देउबा तत्कालिन परराष्ट्र मन्त्री थिइन्।

Read More

कुनै समय अनायासै सोधिएको प्रश्न थियो : यसपटक विश्वकप फुटबल कसले जित्ला ?त्यसको उत्तर पनि अनायासै निस्कियो- अर्जेन्टिना त्यतिबेला मेसी भन्ने नामसँग खास परिचय थिएन। अर्जेन्टिना कस्तो टिम हो भन्ने पनि स्पष्ट थाहा थिएन। तर मनमा एउटा मात्र आधार थियो-आफ्नो नामको पहिलो अक्षरसँग मिल्दोजुल्दो देशको नाम। अहिले फर्किएर हेर्दा त्यो चयन कुनै तर्कभन्दा बढी संयोग र भावनात्मक आकर्षण थियो— एक किसिमको ‘अक्षर – आधारित फेभोरिटिज्म’। त्यसपछि कथा केवल खेल हेर्नेमा सीमित रहेन। विश्वकप सुरु भएसँगै जर्सी खरिद गर्नुपर्ने सामाजिक दबाबजस्तै अवस्था बन्यो। समर्थकको पहिचान टिमसँग गाँसियो। जर्सी नलगाउँदा समर्थक नमानिने, लगाउँदा पहिचान स्थापित हुने अजीब वातावरण निर्माण भयो। खेल केवल…

Read More