काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेटमा बेटिङ गराएको आरोपमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। उनिहरुलाई त्रिवि क्रिकेट मैदानबाटै नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ। एनपीएलम बेटिङ र म्याच फिक्सिङलाई नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले नै विभिन्न युनिटका प्रहरीहरु परिचालन गरेको छ।

एनपीएल मंसिर १५ गतेदेखि सुरु भएको हो।



