काठमाडौं। नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटाला प्रकरणमा तत्कालिन विभागीय मन्त्री जिवनबहादुर शाहीले सफाई पाएका छन्।
विशेष अदालतले बिहीबार फैसला सुनाउँदै निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार, सचिव शंकरप्रसाद अधिकारी र पूर्व सचिव शिशिरकुमार ढुंगाना र सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको छ। उनिहरुलाई जेल सजाय भएको छ।




