काठमाडौं : नेपालले एसिसि प्रिमियर कप २०२६ को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३ सय १४ रनको लक्ष्य दिएको थियो। नेपालका लागि आसिफ शेखले एक सय २ रन बनाएका थिए।
गुल्सन झाले ५२. अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन बनाए। नेपालले पहिलो विकेटका लागि ९७ रन साझेदारी गरेको थियो। यूएईले ४९.१ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन जोड्यो। आकाश चोप्राले एक सय रन बनाएपनि टिमको हार टार्न सकेनन्।

नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो, यसअघि सन् २०२३ मा घरेलु मैदानमा आयोजित संस्करण जितेको थियो। एसिसि प्रिमियर कप एसियाका एसोसिएट टोलीले मात्र खेल्ने सबैभन्दा ठुलो प्रतियोगिता हो।
नेपालले अब एसिया कप खेल्ने छ। एसिया कपमा एसियाका सबै ५ टेस्ट राष्ट्र र एसिसि प्रिमियर कप विजेताका रुपमा नेपाल गरी ६ टिम सहभागी हुनेछन्।


