काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुर बोल्ट्सले सुदुर पश्चिम रोयल्सलाई ५ विकेटले हराएर एक करोड १० लाख रुपैयाँ उपाधि राशी जित्यो।

टस जितेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। सुदुर पश्चिम रोयल्सका सैफ जैबले ६९ र विनोद भण्डारीले ४१ रन बनाएका थिए। जनकपुर बोल्ट्सका किशोर महतो र मोहम्मद मोहसिनले तीन तीन विकेट हात पारे।
जेम्स निसम र ललित राजबंशीको नाममा पनि एक एक विकेट रह्यो। जनकपुर बोल्ट्सले ठुलो लक्ष्य विना दबाब पुरा गर्यो। केवल ५ विकेट गुमाएर १९.२ ओभरमा भेट्टायो। प्रारम्भिक ब्याट्सम्यानद्धय लाहिरु मिलान्थाले ८७ र आसिफ शेखले ३३ रन बनाए। हर्ष ठाकरले ३० रन जोडे । मिलान्था प्लेयर अफ दी फाइनल भए।



