काठमाडौं। शनिबार सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेटमा दुई नेपाली क्रिकेटरले कार र मोटरसाइकल जितेका छन्।
सुदुर पश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ६० लाख रुपैयाँभन्दा बढी पर्ने कार जितेका छन् भने जनकपुर बोल्ट्सका स्पीनर ललित नारायण राजवंशीले इलेक्ट्रिक मोटरसाइकल पाएका छन्। दुवै खेलाडी राष्ट्रिय टोलीका नियमित सदस्य हुन्।

प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीका रुपमा दीपेन्द्रले कार पाएका छन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरका रुपमा ललितलाई मोटरसाइकल दिइएको छ। प्रतियोगिताको इमर्जिङ खेलाडी १६ वर्षे विपिन शर्मा भएका छन् जसले प्रतियोगितामा १३ विकेट लिएका थिए।


