काठमाडौं। भक्तपुरको बालकोटमा भाई र बाबुको हत्या गरेको आरोपमा लागेका एक युवकले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविण बाहिरबाट बन्द गरिएको डेरामा सोमबार मृत भेटिएका थिए। विवेक आचार्यले मंगलबार प्रहरीमा आत्मसमर्पण गरेपछि प्रहरीको प्रारम्भिक अनुमान मिलेको हो।

विवेक भाईसँग उक्त डेरामा बस्दै आएका थिए। कुल भने एक साताअघि मात्र छोराहरुलाई भेट्न खोटाङबाट आएको पाइएको छ। अनुसन्धानका क्रममा विवेक आइतबार बिहानको राति स्कुटीमा डेरा कोठाबाट बाहिर निस्किएको देखिएको थियो। बाबु र भाईको हत्यापछि विवेकले आत्महत्या गर्न खोजेपछि प्रयास असफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार विवेकले प्रारम्भिक रुपमा परिवार सँधै दुखमा भएकाले त्यसलाई देख्न नसकेर बाबु र भाईको हत्या गरेको र आफुले आत्महत्या प्रयाश गरेको बताएका छन्। बाबु कुलप्रसाद डिप्रेसनको बिरामी भएको उनले प्रहरीले बयान दिएका थिए।
आफु पनि लोक सेवा परिक्षामा लामो समय प्रयाश गर्दा पनि असफल भएको, भाई पनि लफुङ्गो पाराको भएकाले आफुले देख्न नसकेर उनिहरु दुवैको हत्या गरेको विवेकको भनाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले बताए।


