काठमाडौं। धनुषाबाट ठुलो परिमाणको ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले धनुषा पुगेर उनिहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली रहेका छन्। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक सय ग्राम वा सोभन्दा माथीको परिमाणसहित ब्राउन सुगर भेटिएकालाई २० वर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ। पछिल्लो समय लागु औषध नियन्त्रण ब्युरोले देशब्यापी अप्रेसनलाई ब्यापक बनाइरहेको छ।
कारोबारीलाई नियन्त्रणमा लिन ब्युरोले गोलीसम्म हान्नु परेको छ।
नेपालमा ब्राउन सुगरसहितका लागु औषधहरु हवाई मार्ग र भारतीय सिमा क्षेत्रबाट भित्रने गरेको देखिन्छ। भारतीय र नेपालीहरु मिलेर काठमाडौंलगायत नेपालका विभिन्न स्थानसम्म पुर्याउने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन्।


