काठमाडौं। भारतीय क्रिकेटर विराट कोहली, शिखर धवन र नेपालका सन्दीप लामिछाने सगरमाथाको आधार शिविर पुगेको भनेर होस् या सलमान खान नेपालमा आएको भनेर, पछिल्ला दिनहरुमा सामाजिक सन्जालमा एआई जेनेरेटेड भन्दै राखिएका तस्विरहरुले जो कोहीलाई पनि हेर्नेवित्तिकै कन्फ्युज बनाउन सक्छ।
भारतीय क्रिकेटर मोहम्मद सामी र टेनिस खेलाडी सानिया मिर्जादेखि सुभमन गिल र सचिन तेन्दुलकरकी छोरी सारा एक साथ रहेका तस्विरहरु एआई जेनेरेटेड भन्दै सामाजिक सन्जालमा हामी जताततै देख्न सक्छौ।

भविस्यमा नेपाली सेलिब्रेटीहरुका पनि यस्ता तस्विरहरु सामाजिक सन्जालमा नआउलान् भन्न सकिन्न। एआई तस्विर कसरी चिन्ने, यसले समाजमा कस्तो असर पार्न सक्छ, कानुनी कारबाही हुन्छ की हुन्न ? भन्नेबारे हामीले साइबर सम्बन्धी कानुनका जानकार बाबुराम अर्यालसग कुराकानी गरेका छौं।


