काठमाडौं। जारी विश्वकप फुटबलको पहिलो चरणका खेलहरु समाप्त छन् र नकआउट चरणको समिकरण पुरा भएको छ। अन्तिम ३२ पुग्ने सबै टोली तय भएका छन्।
एसियाबाट जापान र अस्ट्रेलिया पुगेका छन् भने युरोपबाट स्वीट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, फ्रान्स, नर्वे, अस्ट्रिया, पोर्चुगल, इङ्ल्यान्ड, क्रोएसिया, स्वीडेन र बोस्निया एन्ड हर्जगोभिना पुगेका छन्।

यस्तै अफ्रिकाबाट डीआर कंगो, घाना, सेनेगल, अल्जेरिया, दक्षिण अफ्रिका, मोरक्को, इजिप्ट, आईभरिकोस्ट र केप भर्डे पुगेका छन्। दक्षिण अमेरिकाबाट इक्वेडर, पाराग्वे, कोलम्बिया, अर्जेन्टिना र ब्राजिल पुगेका छन्। उत्तर अमेरिकाबाट तीनवटै आयोजक क्यानडा, मेक्सिको र अमेरिका नकआउट चरण पुगेका छन्।
अब नकआउट चरणमा जर्मनीले पाराग्वे, फ्रान्सले स्वीडेन, दक्षिण अफ्रिकाले क्यानडा, नेदरल्यान्ड्सले मोरक्को, पोर्चुगलले क्रोएसिया, स्पेनले अस्ट्रिया, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, बेल्जियमले सेनेगल, ब्राजिलले जापान, आईभरि कोस्टले नर्वे, मेक्सिकोले इक्वेडर, इङ्ल्यान्डले डीआर कंगो, अर्जेन्टिनाले केप भर्डे, अस्ट्रेलियाले इजिप्ट, स्वीट्जरल्यान्डले अल्जेरिया र कोलम्बियाले घानासँग प्रतिस्पर्धा गर्ने छ।

