काठमाडौं– झापा इनर्जीको स्वतन्त्र बोर्ड अफ डाइरेक्टरमा दीपेन्द्र प्रसाई नियुक्त भएका छन्।
झापा इनर्जीको शुक्रबार सम्पन्न साधारण सभाले रिक्त स्वतन्त्र बोर्ड अफ डाइरेक्टरमा प्रसाईलाई नियुक्त गरेको हो। ११ सदस्यीय बोर्ड अफ डँईरेक्टरमा प्रसाईसहित दुई जना स्वतन्त्र छन्।
कम्पनीको सेयर होल्डर नभएकामध्येबाट स्वतन्त्र बोर्ड अफ डाइरेक्टर नियुक्त हुने गर्छन्। झापा इनर्जी सन्चालन भएकै क्षेत्र स्थायी ठेगाना भएका प्रसाई चर्चित हास्यब्यंग्य कलाकार पनि हुन्। कम्पनीमा बोर्ड अफ डाइरेक्टरमा भित्र्याएपछि
झापा इनर्जीका अध्यक्ष तथा सांसद एलपी सांवाले बधाई तथा शुभकामना व्यक्त गरे। प्रसाई व्यवस्थापन शंकायका स्नातकोत्तर उत्तिण हुन्। उनी काठमाडौमा अध्यापन समेत गर्दै आएका छन्।





