काठमाडौं– काठमाडौ जिल्ला अदालतमा दर्ता रहेको सहकारी ठगि सम्बन्धी मुद्धाका लागि आइतबार हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने फेरी प्रहरी हिरासत पुगेका छन्।
बयान मात्र सकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको हो। सोमबार थुनछेक बहस हुने छ।

बहसपछि अदालतले लामिछानेलाई साधारण तारेखमा छाड्ने की, धरौटीमा छाड्ने वा थुनामा पठाउनेमध्ये एक आदेश गर्ने छ।


