काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धाको थुनछेकमा काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा सभापती रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ।
माधव अधिकारीको एकल इजलासले बुधबार रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। यसअघि कास्की जिल्ला अदालतले पनि रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।

रविविरुद्ध चितवन, रुपन्देही र पर्सामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो। अदालतमा अभियोग पत्र दायरा भएमा ती जिल्लाका अदालतमा पनि उनी उपस्थित हुनेछन्।


