काठमाडौं। गैह्र आवाशीय नेपाली नागरिकता प्राप्त व्यक्तीले अब १० वर्षसम्मको भिषा निशुल्क पाउने भएको छ। नेपाल सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था गरेको हो। गैह्र आवाशीय नेपाली सम्बन्धी ऐन २०६४ को केही व्यवस्थालाई अध्यादेशमार्फत संसोधन गरिएको हो।
सरकारको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले जारी गरेको ‘शुसासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८१’ पुस २९ गते राजपत्रमा प्रकाशित भएको छ।

यो व्यवस्थाले नेपालमा बसोबास गर्ने गैह्र आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ती वा परिचय प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिषा निशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।
यस्तै गैह्र आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तीलाई एकपटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधासहितको आवासीय भिषा निशुल्क उपलब्ध गराइने पनि व्यवस्था गरिएको छ। अध्यादेशमार्फत गैह्र आवाशीय नेपाली भन्नाले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ती, नेपाली मुलको विदेशी नागरिक र विदेश बस्ने नेपाली नागरिकलाई बुझाउने भनी परिभाषा पनि संसोधन गरिएको छ।
अध्यादेशको यो व्यवस्थालाई संसद अधिवेशन सुरु भएको ६० दिनभित्र संसदले पारित गर्नुपर्ने नत्र पुरानै व्यवस्था कायम रहने कानुनी व्यवस्था रहेको छ।


