काठमाडौं- सन्दीप लामिछानेले शनिबार राती फेसबुकमा लेखेको एउटा स्टाटसले यतिबेला सामाजिक सन्जाल तरंगित छ। कतै उनले सन्याश त लिन लागेका होइनन् भनेर आशंका पनि भइरहेका छन् र त्यही अनुमानमा आधारित रहेर मिडियाहरु समाचार लेखिरहेका छन्।
२४ वर्षीय सन्दीपले यो स्टाटस किन लेखे भन्नेबारे केही प्रष्ट भएको छैन नत उनले यसबारे स्पष्टीकरण दिएका छन्। तर हालै भएको जय ट्रफीमा अम्पायरसँग भएको विवादलाई पृष्ठभूमीमा राखेर यो स्टाटसलाई हेर्न सकिन्छ। नेपाल क्रिकेट संघ-क्यानले सोही विषयलाई लिएर सन्दीपलाई स्पष्टीकरण सोधेको बुझिएको छ।

हामीले यहि विषयलाई समेटेर भिडियो सामग्री तयार गरेका छौँ।


