काठमाडौं। सोमबार बिहानैदेखि सामाजिक सन्जामला एउटा भिडियो भाइरल भयो। चितवनको घटना भन्दै सार्वजनिक भएको भिडियोमा एक प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरिरहेको देखिन्छ।
प्रहरीले फोन गरेर पावर लगाउने भन्दै लखेट्दै ती युवकलाई बुट बजारेको दृश्यले प्रहरीको आलोचना भइरहेको छ।

उक्त भिडियोको वास्तविकता के हो, कहाँको घटना हो र प्रहरी के गरिरहेको छ भन्ने विषयमा हामीले प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी दिनेश आचार्यसँग कुराकानी गरेका छौँ।


