काठमाडौं। ताप्लेजुङको पाथिभारा मन्दिरलाई जोड्न निर्माण गर्न लागिएको केबलकारको विरोध स्थानिय लिम्बु समूह र पहिचानवादीहरुले गरिरहेका छन्।
उनिहरुले अवरोध गर्न खोजेपछि सुरक्षाकर्मीले शनिबार गोलीसमेत चलाउनु परेको थियो। घटनामा केही घाइते छन्।

केबलकार निर्माणको विरोध किन भइरहेको छ ? सरकारले के सोचेर केबलकार बनाउन दिने निर्णय गर्यो ? हामीले पाथिभारा मन्दिर पर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसँग कुराकानी गरेका छौँ।


